७८ औं हप्ताको अभियान पोखराको माटेपानी गुम्बामा

पोखरामा जारी बृहत् सफाइ अभियानको ७९ औं श्रृंखला उल्लेख्य सहभागिता सहित माटेपानी गुम्बामा सम्पन्न भएको छ ।

‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा शनिबार झण्डै ५ टन फोहोर मैला संकलन गरिएको अभियन्ता दुर्गाबहादुर गुरुङले जानकारी दिए ।

यसअघि अभियान क्लब महिला उपसमिति संयोजक राजकुमारी थापाले राष्ट्रिय गान बजार शुभारम्भ गरेको कार्यक्रममा हिसान कास्कीका सल्लाहकार बाबुराम पन्तले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

यसपटकको सफाइ अभियानमा मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी, अभियान क्लब महिला उपसमिति, याङ्जाकोट तमु समाज, हिमाली तमु समाज, शीतलादेवी युवा क्लब, माटेपानी मनाङ्गी गुम्बा, शीतलादेवी मावि, ग्लोबल कलिजियट स्कुल, हिल पोइन्ट सेकेण्डरी स्कुल, सनराइज बोर्डिङ स्कुल लागु पदार्थविरुद्धको महाअभियान माटेपानी, स्थानीय संघसंस्था एव सामाजिक अभियन्ताको ऐक्यबद्धता रहेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा माटेपानी मनाङ्गी गुम्बाका लागि अभियन्ता सुजन गुरुङले डष्टबीन, थुन्से डोको र पाँच सय जोर डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए ।

७९ औं हप्ताको सरसफाइ अभियान आगामी शनिबार महेन्द्रपुल चोकमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button