कृषि कजेललाई सम्पन्न बनाउन पहल गर्छु – जीवन

बाम गठवन्धनका प्रदेससभा सदस्य निर्वाचन क्षेत्र नं ३(१)का उम्मेदवार रामजीप्रसाद बरालले आईतवार पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ साविक पुरुन्चौरमा घरदैलो तथा कोणसभा गरेका छन् ।

मंसिर २१ गतेको निर्वाचनको मिति नजिकिएसगै घरदैलो तथा कोणसभाहरुमा जनताको वाक्लो उपस्थितिले गर्दा चुनावी रौनक ह्वात्तै वढेको छ । उम्मेदवार सहितको प्रचार टोली घरदैलोमा निस्कदा जनताहरु पनि स्वतस्फूर्त रुपमा सहभागि वन्दा चुनावी पारो वढेको छ ।

पुरुन्चौरको रैकरवाट प्रचारप्रसार तथा भोट माग्न सुरु गरेका जीवनले अधिकारीथर, पौडेलधर, प्यानटोल, चुरुङ्गा, चितेपानीमा जनतासँग वाम उम्मेदवारहरुलाई भोट मागे । त्यस्तै उपल्लो काउरे, तल्लो काउरे, तल्लाकोट, ठाँटी, डाँडागाउँ, उपल्लो चुरुङ्गा तथा तल्लो चुरुङ्गामा समेत घरदैलो तथा कोणसभा भयो ।

बरालले निर्वाचन पछि वन्ने वामपन्थीको सरकारले जनताका आवश्यकताहरु पुरा गर्दै देशलाई समृद्धिको दिशामा लैजाने धारणा राखे । ग्रामिण शहरको रुपमा रहेको पुरुन्चौरमा विकासका पूर्वाधारहरुको निर्माण तथा त्यस क्षेत्रकै नमूना कृषि कलेजलाई स्रोत साधन सम्पन्न वनाउन आफुले पहल गर्ने भनाई जीवनको छ।

नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा १९ का ईन्चार्ज इमानराज पौडेलले वाम गठवन्धन राष्ट्रविरोधी र अग्रगमनका विरोधीहरु विरुद्ध गरिएको गठवन्धन भएकाले साझा उम्मेदवारहरुलाई विजयी गराउनुको विकल्प नभएको भनाई उनको थियो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिव माधव वास्तोला, निर्वाचन परिचालन कमिटिका संयोजक दीपक पौडेल, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य मोहन दवाडी, एमाले पोखरा १९ का सहसंयोजक विष्णु गौतम तथा एमाले क्षेत्रीय सदस्य उमनाथ गौतम लगायतले वाम गठवन्धनको विजय सुनिश्चित भईसकेको धारणा राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button