राप्रपा कास्कीको चुनावी प्रचारप्रसार अभियान जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले यस क्षेत्र अन्तर्गतका प्रतिनिधि सभा र प्रदेश सभा तर्फको निर्वाचनमा आफ्नो उम्मेदवारी दिए अनुरुपका स्थानहरुमा आफ्नो प्रचारप्रसार जारी राखेको प्रचारप्रसार संयोजक सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत क्षेत्र नं. १ को सिद्ध गाविसको ठकुरी गाउँ, पुनबस्ती लगायतमा सम्वोधन गर्दै प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार देउबहादुर गुरुङ ध्रुवले राप्रपा हिन्दु राष्ट्रको लागि लडिरहेको बताउँदै सम्पूर्ण जनतालाई हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, आफ्नो कुल धर्मको रक्षाको लागि एक मात्र पार्टी राप्रपा भएको बताउनुभयो । उहाँले देशलाई बचाउन गाई चिन्हमा मतदान गरी राप्रपालाई जिताउनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी क्षेत्र नं. २ अन्तर्गत विरौटा, छोरेपाटन, बसपार्क लगायतका कार्यक्रममा बोल्दै प्रत्यक्ष उम्मेदवार विष्णु खड्का कार्कीले सनातन हिन्दु राष्ट्र कायम गर्न र महिलाको संरक्षणको लागि ठूला दल भनौदाहरुले लात हानेको अवस्थामा सम्मान दिने पार्टी राप्रपा भएको बताउँदै आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार जयलाल पुन लगायत कार्यकर्तासहितको टोलीले जनताको घरदैलोमा पुग्दै आफ्नो पार्टीका नेताहरुलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

स्मरण रहोस्, राप्रपा कास्कीले प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ (क) देउ बहादुर गुरुङ्ग ध्रुव, क्षेत्र नं. २ (क) विष्णु खड्का कार्की (ख) विष्णु बहाुदर खत्री, क्षेत्र नं. ३ (क) धनुमाया कोइराला र (ख) केदारनाथ पौडेल तथा समानुपातिक तर्फ प्रतिनिधिसभामा जयलाल पुन, डा.भिमसेन गुरुङ र प्रदेशसभामा रञ्जना सेन पौडेल, शिव प्रसाद चालिसे, सावित्री दर्जी र गिता गुरुङलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button