पोखरामा प्याब्सन मिटमा फुटबल खेल जारी

निजी विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजना गरेको १५ औं संस्करणको प्याब्सन मिट अन्र्तगत आइतबार पनि सिनियर र जुनियर तर्फको फुटबल खेलहरु जारी रहेका छन । भण्डारढिकको रंगशाला र नेपाल आर्दशको खेल मैदानमा जुनियर तर्फका खेलहरु र हेम्जाको विष्णुपादुका तथा गौरिशंकर मावीको खेल मैदानमा सिनियरका फुटबल खेलहरु आयोजना गरिएको छ ।

जस अन्र्तगत आइतबार सम्पन्न भएको सिनियर तर्फको खेलमा बाल प्रभातले केल्स एकेडेमीलाई २–० ले, शान्ति निकुञ्जले ढुङ्गे साँघुलाई २–० ले, वेसलाइनले ज्ञानकुञ्जलाई ३–० ले, टप्सले प्रगतीलाई ४–१ ले स्नो भ्युले बालोदयलाई ५–० गोल अन्तरले पराजित गरे ।

सिनियर तर्फकै खेलमा सरस्वती आर्दशले गोल्डेन नेचरलाई ३–१ ले, मेरी गोल्डले पोखरा एकेडमीलाई २–० ले, शिसु कल्याणले सगरमाथालाई २–० ले, ताराकुञ्जले स्टेप बाई स्टेपलाई ४–० ले, शिसु निकेतनले सिर्जना बोर्डिङ्गलाई २–० गोल अन्तरले पाखा लगाई दोश्रो चरणमा प्रवेश गरेका छन ।

त्यस्तै जुनियर तर्फको खेलमा डायमञ्डले बालविद्यालाई २–० ले, न्यू मिलिनियमले प्रगतीलाई १३–० ले, नेपाल आर्दशले शिर्दाथ बोर्डिङ्गलाई २–० ले, नोबेलले कुमुदिनीलाई १–० गोल अन्तरले पराजित गरेका छन् ।

त्यस्तै जुनियर तर्फ नै ज्योती कुञ्जले ताराकुञ्जलाई १–० ले र न्यूऐराले पश्चिमाञ्चललाई ३–० गोल अन्तरले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेका छन भने पोखरा एकेडेमीले वाक ओभर दिंदा फिसटेल विजयी भयो । जेसिएले टाइव्रेकरमा हिल पोइन्टलाई ४–२ गोल अन्तरले पाखा लगायो ।

फुटबलका सेमीफाइनल र फाइनलखेलहरु भने पोखरा रंगशालामा सम्पन्न गरिने प्याब्सनका कास्कीका सचिव मथुरा पौडेलले जानकारी दिए । पौडेलका अनुसार जुनियर फुटबल तर्फ ४८ र सिनयर तर्फ ७२ विद्यालयका टिमहरु प्रतिष्पर्धा गरिरहेका छन ।

प्याब्सनमिट अन्र्तगत प्याब्सन कास्की अन्र्तगतका कुल ८४ विद्यालयहरुको सहभागिता रहेको छ । प्याब्सन मिटमा करिव ६ हजार विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्प्रर्धा गर्ने प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले बताए । प्याब्सनमिटमा छात्र फुटवल जुनियर सिनियर, छात्र–छात्रा भलिवल, छात्र–छात्रा टेवल टेनिस सिंगल्स् डबल्स तथा छात्र–छात्राका एथलेटिक्स तर्फ ट्रयाक एण्ड फिल्ड तर्फका सम्पुर्ण खेलहरु हुनेछन । ट्रयाक एण्ड फिल्डमा १ सय, २ सय ८ सय र १५ सय मिटरको दौडका साथै ४ सय मिटरको रिले दौड, लङ्ग जम्प, हाइ जम्प र ट्रिपल जम्पका खेलहरु समावेश गरिएको १५ औ प्याब्सन मिटका संयोजक एवम प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले बताए ।

मंसिर १३ गते पोखरा रंगशालामा नेपाल सरकारका मुख्य सचिव लोक दर्शन रेग्मीले १५ औं प्याब्सन मिटको औपचारिक उद्घाटन गर्ने छन । प्रतियोगिता मंसिर १७ गते सम्पन्न हुने संयोजक गौतमले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button