म डटेर मैदानमा लडि रहेको छु – पालिखे

‘उम्मेदवारी फिर्ता भएको छैन, झुटा प्रचार मात्र हो’

कास्कीको क्षेत्र नम्वर २ प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नरेशशंकर पालिखेले आफु जनताको घर दैलोमै भोट माग्न व्यस्त भएको बताउदै केहि व्यक्तिहरुले आफ्नो उमेदवारी फिर्ता भएको भनि झुटा प्रचार गरेको प्रति आपति जनाएका छन।

उनले भने “ म जनताको सदभाव र समर्थनले उत्साहित भएको छु, म कुनै पनि पद र प्रलोभवन प्राप्तिको लागि लाग्दीन, सधैव जनताको पक्षमा उभिरहने छु, हार र हतास मानसिकता वोकेका केहि व्यक्तिले मेरो बिषयमा झुटो प्रचार गरेका छन । ” आफु जनताको घर दैलोमा चुनावी प्रचारमा रहेको बताउदै पालिखे चुनावी मैदानमा डटेर लड्ने दाबी गरे ।

सो क्षेत्रका वासिन्दाले पोखरा उपमहानगरपालिकाको उपमेयर हुदाको काम हेरेकोले पनि आफुहरुले भोट दिने उनले विश्वास व्यक्त गरे । बालक चिन्हःमा मतदान गरी आफुलाई विजयी गराउन उनले आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button