अबको लडाइँ गरिबी हटाउन – रबिन्द्र अधिकारी

बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका चर्चित युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले राजनीतिक लडाई सकिएकोले अबको आफुहरुको लडाइँ गरिबी हटाउन केन्द्रीत हुने बताएका छन। सिर्फ बहुमतका लागि मात्रै आफुहरु बाम गठबन्धन बनाउन नलागेको भन्दै काङ्ग्रेसलाइ आफुहरुको बाम गठबन्धनबाट नअतालिन आग्रह गरेका छन्।

कास्कीको पोखरा लेखनाथ महानगर वडा न ११ फूलबारीमा मा आयोजित चुनाबी कोण सभालाइ सम्बोधन गर्दै अधिकारिले देशमा अब बहुमतको सरकार बन्ने त्यहि सरकारबाट जना जिबिकाको कायापलट गर्ने दिशामा अघि बढ्ने भन्दै समृद्धिका खातिर आफुहरु एक भएर चुनाबी अभियानमा मात्रै एक नभै एउटै पार्टी बनाउन लागि परेको बताए । उनले उक्त वडामा भएका सबै स्रोत साधनको उच्चतम प्रयोग हुने गरि बिकाशको योजना समेत सुनाएका थिए । सो कार्यक्रममा बाम गठबन्धन कास्की क्षेत्र न २(२) बाट प्रदेश सभाका उम्मेदवार राज काजी गुरुङले अब देशको राजनीति स्थायित्व तर्फ बढिसकेको भन्दै कुनै प्रलोभनमा नपरी आफ्नो मतको सहि सदुपयोग गर्न सो वडाका मतदाता हरुलाई आग्रह गरे ।

सोमबार उनले आफ्नो निर्बाचन क्षेत्र मा नयाँ गाभिएको सो वडाका विभिन्न टोलमा सयौं जनताको साथमा भेटघाट गर्दै आशीर्वाद लियका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button