जनस्तरबाट प्राप्त सहयोगनै ठुलो उपलब्धि रहेको कास्की प्रहरी प्रमुख सिंहको भनाई

गणेश बराल, पोखरा न्यूज  ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले आफुले जनस्तरवाट राम्रो सहयोग पाएको बताएका छन् ।

कास्की प्रहरी प्रमुखका रुपमा भर्खरै आफ्नो एक सय दिन पार गरेका सिंहले पोखरा न्युज संगको कुराकानीमा सर्वसाधारण, नागरिक समाज, संगठन सबैको सहयोगले कास्की प्रहरी अपराध नियन्त्रण, ट्राफिक ब्यवस्थापन, शान्ति सुरक्षा कायम गर्ने जस्ता बिषयमा सफल भएको बताएका हुन ।

प्रहरी प्रमुखको रुपमा पोखरा आएपछि अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता राख्दै अबैध लागू औषध कारोबार रोकथाम एवं आक्रमक कार्वाही, गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड, ट्राफिक व्यबस्थापन, फरार अपराधीहरुको खोजि तथा कारबाहीलाई निरन्तरता, सुरक्षित एवम् अपराध मुक्त कास्कीको निर्माण गर्ने जस्ता १५ बुदे कार्ययोजना सार्वजनिक गरेका सिंहले कार्ययोजना कार्यान्वयनमा कास्की प्रहरी आक्रामक रुपमा अगाढी बढेको बताएका छन । उनले पोखरा न्युज संग भने, ‘हाम्रो पहिलो प्राथमिकता गुन्डागर्दीलाई रोक्दै अपराध नियन्त्रण गर्नु हो त्यसमा हामी केही हदसम्म सफल भएका छौ।’ ‘हामीले गुन्डागर्दी गर्ने व्यक्तिको पहिचान गर्दै कुन व्यक्ति कुन कुन अपराधमा संलग्न छ भनि खोजि पक्राउ गरी कडा कारबाही अगाडी बढाएका छौ र यसलाई आक्रामक रुपमा अगाडी बढाउदैछौ, लागू औषध विरुद्धको महाअभियान, सस्थागत आचरण सुधार, जनतालाई प्रतक्ष्य शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन हामी हरदम लागेका छौ’, सिंहले भने ।

हालै मात्र उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मानित भएका एसपी सिंहले पोखरा आएपछि बर्षौदेखि अपराधमा संलग्न भएर फरार भएका ३८ जना फरार अभियुक्त पक्राउ परिसकेका छन् भने जुवातास र लागुऔषध नियन्त्रणमा कास्की प्रहरीले उल्लेख्य प्रगति हात पारेको छ । पोखरा लेखनाथको देवी कुमारी भुजेल ठगी काण्डमा ठगी गरी फरार भुजेल दम्पतिलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको र यहि अवधिमा अवैध भारतिय नोट सहित भारतीय नागरिक पक्राउ, ड्रोन क्यामरा चलाउने ७ जना विदेशीलाई कारबाही, यौन व्यवसायमा संलग्न ३२ जोडी पक्राउ गरी कारबाही गरिएको सिंहले बताए ।

ठगी, सार्बजनिक अपराध, जबरजस्ती करणी, लागु औषध जुवा, बालयौन दुराचार, सवारी ज्यान, मानबबेच बिखन, चोरी, सवारीबाट अङ्गभङ्ग, गौबध, कालोबजार , अपहरण, ज्यानमार्ने उद्योग, कर्तब्य ज्यान, बिष्फोटक पद्वार्थ, बहु बिबाह, जबरजस्ती करणी उद्योग, सवारीवाट चौपायको मृत्यु, प्रतिलिपी अधिकार तथा हातहतियार गरी बिभिन्न २१ शीर्षकमा ३ सय ७० वटा मुद्दामा ७ सय १९ पुरुष तथा ७१ महिला गरी कुल ७ सय ९० जना पक्राउ गरी कारबाही गरीएको उनले बताए ।

कास्कीको सवारी व्यवस्थापनलाई चुस्त राख्न मादक पर्दाथ सेवन गरी सवारी चलाउने, पार्किङ्ग व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथ अपराध रोकथाम र नियन्त्रणलाई विशेष चासो दिईएको सिंहले बताए । वढी भाडा असुल्ने १६ वटा सवारी, मापासे गरि सवारी चलाउने १ हजार २ सय ३३ जना तथा करिव १३ हजार सवारी नियम उल्लघन गर्नेलाइ प्रहरीले कारवाही गरेको जानकारी सिंहले दिए । प्रहरीले यो अवधिमा मापसे वाट १२ लाख ३३ हजार र नियम उल्लघनबाट ९ लाख ६६ हजार ३ सय राजश्व संकलन भएको तथा जुवा तास वाट ४७ लाख ७० हजार ६ सय १८ रुपैया नगद बरामद भएको उनले बताए ।

जिल्ला प्रहरी मातहतमा प्रहरी आचरण र व्यवहारमा सुधार गर्न चालेको कदम अन्तर्गत यस अबधीमा कास्की प्रहरीले आचरण बिपरित कार्य गर्ने २ जना प्रहरी नायव निरिक्षक, २ जना प्रहरी सहायक निरिक्षक, ६ जना प्रहरी हवल्दार, ६ जना प्रहरी जवान तथा १ प्रहरी कार्यालय सहयोगी गरी जम्मा १७ जनालाई बिभागिय कारवाही गरिएको तथा प्रहरी २ जना नायव निरिक्षक, २ जना प्रहरी सहायक निरिक्षक, ४ जना प्रहरी हवल्दार र ६ जना प्रहरि जवान गरी १४ जनालाई पुरस्कृत गरेको सिंहले जानकारी दिए ।

कास्की प्रहरीले अपराधमुक्त जिल्लाको रुपमा विकास गर्न अधिकारकर्मी, समाजसेवी, राजनितिक दल र नागरिकहरु संग मिलेर ‘प्रहरी हाम्रो टोलमा’ जस्ता महत्वपुर्ण कार्यक्रमहरु संचालन गरेको, लागु औषध सचेतना सम्वन्धी अन्र्तगत प्रहरीले कास्की जिल्लामा रहेका स्थानीय निकायका ७२ वटै वडाहरुमा समिति गठन गरी समितिमा आवद्व सदस्यहरु समेतको सकृयतामा सवै वडाहरुमा लागू औषध सचेतना कार्यक्रम संचालन गरी अभियानलाई सफल बनाउन कास्की जिल्ला स्थित रहेका १ सय १७ बटा सामुदायिक तथा निजि बिद्यालयहरुमा स्कुल सम्पर्क कार्यक्रमलाई मुर्त रुपमा निरन्तरता दिईएको सिंहले बताए । अपराध नियन्त्रणका लागि विभिन्न संघ संस्थाहरुको सहयोगमा नागरिक सुनवाइ जस्ता प्रभावकारी कार्यक्रम गर्दै आएको तथा प्रहरी महिला विरुद्ध हुने हिंसा विरुद्ध एबम मानव अधिकारको संरक्षणका लागि समेत कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिएको उलने बताए ।

निर्वाचन पूर्व तयारी अन्तर्गत एकिकृत सुरक्षा योजना लागु गरि अगाडी बढेको बताउदै सामान्य घटनाले प्रहरी थप सचेत बनेको भन्दै शान्तिसुरक्षाको बिषयमा ढुक्क हुन आग्रह समेत गरे । कास्की प्रहरीलाई जनमैत्री बनाउदै जनस्तरमा मिलेर अगाढी बढीरहेका बताउदै सिंहले जनता तथा नागरिक समाजको उल्लेखनीय सहयोग प्राप्त भएकोमा आफुले त्यसलाईनै ठुलो उपलब्धिको रुपमा लिएको भन्दै धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button