अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस साविक मिर्लुङ वडा कार्यसमिति (हाल भानु नगरपालिका–१२) द्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो – “लोकतन्त्रले मात्रै देशको रक्षा हुन्छ । त्यसकारण लोकतन्त्रका पक्षधर काँग्रेसलाई भोट दिएर जिताउनु होस् ।” वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यसविरुद्ध नेपाली जनता एक भएर लाग्न आह्वान गर्नुभयो ।

नेका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

साविक नेका मिर्लुङ गाविसका सभापति चिरञ्जीवी ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तनहुँ क्षेत्र नं १ प्रदेशसभाका उम्मेदवार गोविन्द भट्टराई, पूर्व सांसद रामचन्द्र पोख्रेल, समानुपातिक उम्मेदवार सरिता गुरुङ, लक्ष्मी आचार्यलगायतका वक्ताहरुले काँग्रेसको जितले मात्रै जनताको भलो हुने र विकास निमार्णले गति लिने बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवा चुनावीसभामा कवितावाचन गर्दागर्दै हृदयाघात भई निधन हुनुभएका श्रीभक्त पण्डितको १३ दिनको श्रद्धाञ्जलिसभामा समेत सहभागी हुनु भई मृतकका आफन्तजनलाई सान्त्वना दिनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button