जगत भन्छन – खानेपानी समस्या बाम गठबन्धन सरकारको पहिलो बजेटले पूरा गर्छ

कास्की क्षेत्र नं ३ बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार जगत विश्वकर्माले सराङ्कोट क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि पहिलो बजेटबाटै समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

बाम गठबन्धन क्षेत्र नं ३ का साझा उम्मेदवारहरुको चुनावी घरदैलो अभियान अन्र्तगत मंगलबार पोखरा १८ सराङ्कोटमा घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विकले सराङ्कोटबासीका दुखका दिन सकिएको उल्लेख गरे । आँफूहरुको नेतृत्वमा सरकार बन्ने दावी सहित विकले भने “बाम गठबन्नको सरकारले ल्याउने पहिलो बजेटमै खानेपानीको व्यवस्थापन हुन्छ ढुक्क हुनुस” । उम्मेदवार विश्वकर्माले सिङ्गो देशको ईतिहासले नै अव कोल्टे फेर्न लागेको भन्दै देशको भविष्यका लागि पनि अहिले कम्यूनिष्ट सरकार आवस्यक रहेको बताए ।

सराङ्कोटको पँदेलीमा आयोजना गरिएको उक्त कोणसभामा स्थानीयहरुको उत्साहपूर्ण सहभागिता र समर्थन थियो । कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी प्यासीले कम्यूनिष्टको उर्वर भूमि सराङ्कोटमा बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन अनुरोध गरे । उनले भने “देशलाई विकाशको गतिमा लम्काउनका लागि कम्यूनिष्टको बहुमत सहितको सरकार आवस्यक छ”। “र त्यो करिब करिब अन्तिम चरणमा पुगिसकेको छ” ।

कोण सभामा विशेष अतिथि एवं नेकपा एमाले प्रदेशनं ४ का सह संयोजक गणेश तिमिल्सिनाले बाम गठबन्धनको आवस्यकता सबै जनताले महसुस गरिसकेकाले मंसिर २१ गते जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कास्की क्षेत्र नं ३ प्रदेश सभा १ का उम्मेदवार रामजी बराल जीवनले रगतसंग साटेर प्राप्त गरेको संविधान कार्यान्वयनका लागि बाम गठबन्धनको जीत आवस्यक भएको बताए । देश र जनताको अधिकार र गाउँगाउँमा विकाश निर्माणका लागि पनि बाम गठबन्धनको विकल्प नभएको उनको भनाई थियो ।

सो अवसरमा प्रदेशसभा तर्फ १ बाट समानुपातिक उम्मेदवार गायत्री तमु, दुर्गा विक, सिता गिरी ओली, एमाले कास्कीका कार्यवहाक अध्यक्ष दामोदर बैरागी, वडा नं १८ का वडा अध्यक्ष रण बहादुर थापा, संयुक्त निर्वाचन परिचालन समिति ३ क का संयोजक दिपक पौडेल, यूवा संघ नेपालका केन्द्रिय सचिव माधव बास्तोला, क्षेत्र नं ३ निर्वाचन परिचालन कमिटिका सहसंयोजक एवं माओबादी केन्द्र सदस्य राजु शर्मा तिमिल्सिना लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button