पोखराको न्युरोडमा मोटरसाइकलमा अकस्मात आगलागी, यसरी जल्यो पल्सर

पोखरा लेखनाथ ०८ न्युरोडमा बुधबार मोटरसाइकलमा आगलागी हुदाँ अधिकांस भाग जलेर नष्ट भएको छ ।

न्युरोड स्थित उमेश मोटरसाइकल वर्कसपमा मर्मतका लागि ल्याइएको ग७प २४८७ नम्बरको पल्सर मोटरसाइकलमा आगलागी हुदाँ मोटरसाइकलको अधिकांस भाग जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षति भने हुन पाएन ।

बुधबार बिहान १०:१५ को समयमा वर्कसप संचालक उमेश कुमार चौधरीले मर्मतको क्रममा मोटरसाइकलको प्लग झिकेर स्टार्ट गर्दा अकस्मात आगलागी भएको थियो । ‘मोटरसाइकल स्टार्ट भएको थिएन प्लगमा झिल्का दिएको छ कि छैन भनेर तार झिकेर स्टार्ट गर्न खोज्दा अकस्मात आगो बल्यो’,चौधरीले भने । ‘सधै यसैगरी चेक गर्ने हो, आजसम्म कही यस्तो भएको थाहा पाएको थिईन, दशा लागेको रैछ धन्न म र वर्कसप सबै जलेन’, उनले भने ।

स्याङ्गजा घर भइ सिमलचौर बस्दै आएका शिब रानाले मोटरसाइकल मर्मतको लागि वर्कसपमा ल्याएर छाडेका थिए । मोटरसाइकलको पेट्रोल ट्यांङ्कीको ओभरफलो बाट निस्केको पेट्रोलमा प्लगको झिल्काले समातेर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button