कास्कीमा ९ सिट मध्ये ८ सिटमा बाम गठबन्धनको अग्रता

कास्कीको शनिबार २ बजे  सम्मको मत परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा ८ स्थानमा बाम गठबन्धनका उम्मेदवार अगाडि देखिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार प्रदेशसभा क्षेत्र २/२ मा बाहेक अन्य स्थानमा गठबन्धनले अग्रता लिएको हो । सो स्थानमा गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ भन्दा कांग्रेसका बिन्दु कुमार थापा करिब ८ सय मत अन्तरले अगाडी छन् । यस क्षेत्रमा कांग्रेसका नरेश शंकर पालिखेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नरेशले एक हजार १५८ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत कास्कीको क्षेत्र नं १ मा एमालेका खगराज अधिकारीले अठार हजार ९९९ र नेपाली काँग्रेसका यज्ञबहादुर थापाले बाह्र हजार १५७ मत पाएका छन । यस क्षेत्रमा उनान्सत्तरी हजार २० मत खसेकोमा हालसम्म तेत्तिस हजार ७६७ मत गनिएको छ ।

क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट एमालेका रवीन्द्र अधिकारीले बिस हजार ७०४ र कांग्रेसका देवराज चालिसेले चौध हजार ७८८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ३ मा एमालेका जगत विश्वकर्माले सत्र हजार २८७ र कांग्रेसका शुक्रराज शर्माले तेह्र हजार १०३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एकसठ्ठी हजार ८९२ मत खसेकोमा बत्तीस हजार ८०० मत गणना भएको छ ।

हालसम्म प्रदेशसभा क्षेत्र नं १/१ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दिपक कोइरालाले बाह्र हजार ८९५ र काँग्रेसका जिबन परियारले दश हजार १६६ मत प्राप्त गरेका छन् । प्रदेशसभा क्षेत्र नं १/२ मा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार मन बहादुर गुरुङले बाह्र हजार ९६७ र काँग्रेसका कृष्ण केसीले नौ हजार ८०५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नं २/१ मा एमालेका कृष्ण थापाले तेह्र हजार ३७५ र काँग्रेसका गुरु बरालले सात हजार १९४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हाल सम्म तेइस हजार ३६ मत गणना भएको छ । प्रदेशसभा क्षेत्र नं २/२ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राजकाजी गुरुङले आठ हजार २६३ र काँग्रेसका बिन्दु कुमार थापाले नौ हजार १२६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नं ३/१ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले पाँच हजार ३९७ र काँग्रेसका शारदा पौडेलले चार हजार ११९ मत प्राप्त गरेका छन् । प्रदेशसभा क्षेत्र नं ३ /२ मा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार राजिब पहारीले छ हजार ८४४ र काँग्रेसका शिकन्दर गुरुङले पांच हजार ३१४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button