कास्कीमा एमालेले प्रतिनिधि सभामा पनि खोल्यो खाता, रबिन्द्रको ह्याट्रिक

नेकपा एमालेले  कास्कीमा प्रतिनिधि सभामा पहिलो सिट जितेको छ ।

कास्की क्षेत्र नम्मर २ बाट वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका  उम्मेदवार रबिन्द्र अधिकारीले  जित हासिल गरेका हुन । रबिन्द्रले आठ हजार ५४६  मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार देबराज चालिसेलाई पराजित गरेका हुन।

अधिकारीले २७ हजार २ सय ७ मत ल्याउदा चालिसेले १८  हजार ६ सय ६१  मत ल्याएका हुन।

संसद विकास समितिका पुर्व सभापति समेत रहेका रबिन्द्रले लगातार ३ पटक  जित हासिल गरेका छन् ।

पहिलो संविधान सभाको निर्वाचनमा माओवादी उम्मेदवार झलकपाणि तिवारी तथा दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारीलाई हराउँदै अधिकारी विजयी भएका थिए ।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा प्रदेशसभामा १ /१ सिट कांग्रेस र एमालेले जितेका छन् भने अन्य  ६ सिटमा वाम गठवन्दनले अग्रता कायम गरेको छ ।

यसअघी कास्कीमा प्रदेशसभा  क्षेत्र नम्मर २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा र  कास्की क्षेत्र नम्मर २ क बाट नेकपा एमालेका कृष्ण थापा  बिजयी भएका छन्   ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button