पोखराका खेलाडीद्धारा नगर प्रशिक्षणको क्रिकेट मैदान प्रयोग गर्न माग

डिएनबी, २५ फागुन ।

पोखराका क्रिकेट खेलाडीहरुले पोखरा नदीपुर स्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको क्रिकेट प्रशिक्षण मैदानमा पुनः क्रिकेट प्रशिक्षण गर्न माग गरेका छन।

नगरविकास प्रशिक्षण केन्द्रमा प्रदेश नम्बर ४ को प्रदेश सभा र सचिवालय भएकोले गर्दा आफुहरुलाई समय अनुकुल हुने गरी भए पनि उक्त मैदानमा प्रशिक्षणको वातावरण मिलाउन खेलाडीहरुले माग गरेका हुन।

उक्त मैदानमा क्रिकेट प्रशिक्षण गर्दै आएका राजु थापाले विगत दुई महिना देखि प्रशिक्षण गर्न नपाउदा आफुहरुलाई नरमाईलो अनुभव भएको बताए । उनले भने “ प्रदेश सभा भएको उक्त क्षेत्रमा हामीलाई कुनै समयमा मात्र खेल्न मिल्ने गरी वातावरण मिलाएको खण्डमा हाम्रो प्रशिक्षण अभियान जारी रहन्थ्यो, यस बिषयमा सरोकार निकायको ध्यान जाओस हामीलाई खेल्ने वातावरण मिलाईदिनु होला ।” पर्वत घर भएका थापाले आफुहरु जस्ता धेरै खेलाडीहरु नगरप्रशिक्षण मैदानको अभावमा हाल कुनै ठाँउमा पनि प्रशिक्षण गर्न नपाएको गुनासो गरे । माछापुच्छ्रे क्लवका उत्पादन राष्ट्रिय खेलाडी करण केसी हुन भने हाल उक्त क्लवमा थापा सहित सान्तोन पौडेल लगायतका खेलाडीहरु हाल प्रशिक्षण मैदानको अभावमा निरास भएका छन।

विगत दुई महिना देखि पुर्ण रुपमा प्रतिवन्ध गर्दा खेलाडीहरुले प्रशिक्षण गर्नबाट बन्चित भएकाछन। स्थानिय माछापुच्छ्रे क्रिकेट क्लवमा आवद्ध करिब २२ जना खेलाडीहरु हाल विगत दुई महिना देखि उक्त प्रशिक्षण केन्द्रमा प्रतिवन्ध लगाएसंगै हाल खेलाडीहरु प्रशिक्षण गर्न नपाएको क्लवका अध्यक्ष दिपेस खत्रिले बताए । उनले भने “ हामी खेलेडीहरु भएकोले खेल खेल्न पाउनु पर्यो, हाम्रा एकेडेमीका खेलाडी सहित विभिन्न समयमा हुने जुनियर तथा सिनियर प्रतियोगिताहरु समेत हाल मैदान विना प्रभावित भएकाछन । ” क्लवले विगतका केहि बर्ष देखि केन्द्रलाई बार्षिक रुपमा उक्त मैदान भाडामा लिदै आएका छ । गत वैशाख देखि एक बर्षको लागि क्लवले १ लाख ८१ हजारमा भाडामा लिएको हो ।

नगरविकास प्रशिक्षण केन्द्रमा प्रदेश नम्बर ४ को प्रदेश सभा र सचिवालय भएकोले गर्दा हाल सुरक्षाको दृष्टिले गर्दा हाल संचालनमा रोक लगाइएको केन्द्रका निर्देशक हरि कृष्ण कोइरालाले बताए । उनले भने “ नगर विकास प्रशिक्षण केन्द्रमा हाल प्रदेश सभा र सचिवालय भएकोले सुरक्षाको दृष्टिले गर्दा पहिलाको जस्तो सहज छैन, यद्यपी खेलाडीहरुको प्रशिक्षणको लागि क्लवले पनि पछि हामीसंगै खासै सम्पर्क गरेको छैन, यदी उनीहरुलाई मैदान आवश्यक भएमा हामीले छलफल गरी कुनै निष्कर्ष दिन सक्छौं । ”

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले घांसे मैदानको रुपमा रहेको उक्त नगर विकास प्रशिक्षण केन्द्रको मैदानमा हाल प्रशिक्षण हुदै आएकोले त्यसलाई प्रशिक्षण हुने वातावरण मिलाउन उनले माग गरेका छन। पोखरा रंगशालाको क्रिकेट मैदान पछिको दोश्रो मैदान तथा प्रशिक्षण मैदानको रुपमा रहेकोले उक्त मैदानको अति आवश्यक हुने उनले जनाए ।

प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल उक्त प्रशिक्षण मैदान खेलाडी उत्पादन गर्ने भएकोले प्रशिक्षण गराउन दिने पक्षमा रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button