पोखरामा देशभरीका १०० जनालाई सम्मान

पोखरा न्युज – २६ फागुन ।

पोखरामा शनिबार राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई नागरिक अभिनन्दन तथा रथारोहणसहित सम्मान गरिएको छ।

‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच शनिबार एक सयजनालाई सम्मान गर्ने घोषणा गरिएपनि केही करिब १० जना व्यक्तिहरुको भने कार्यक्रममा अनुपस्थित रहेको थियो।

लायन्स स्थापनाको शतवार्षिकी कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवर लगायतले सम्मानित व्यक्तिहरुलाई सम्मानपत्र तथा पुष्पगुच्छा प्रदान गरी सम्मान गरेका थिए । कार्यक्रममा उद्योगपति बिनोद चौधरी, राष्ट्रियगानका सर्जक व्याकुल माइला, गीतकार चेतन कार्की, तेक्वान्दो खेलाडी दीपक विष्ट, डा.जगमान गुरुङ, बरिष्ठ हाँस्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, सिताराम कट्टेल (धुर्मुस), महानायक राजेश हमाल, साहित्यकार तीर्थ श्रेष्ठ, मानवअधिकारवादी टेकनाथ वराल लगायत सम्मानित भएका हुन् । सम्मान कार्यक्रममा सम्मानित व्यक्तिहरुले लाइन लागेर सम्मान थाप्नु परेको थियो।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष पूरा गरेको सन्दर्भमा विशेष कार्यक्रम आयोजना गरी सय जनालाई सम्मान गरिएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले बताए। जात, धर्म, वर्ण, लिङ्ग तथा राजनीति भन्दामाथि उठेर विशुद्ध सामाजिक सेवामा एक छुट्टै पहिचान बनाई लायन्स अगाडी बढिरहेको सन्दर्भमा यस वर्ष आफ्नो स्थापनाको शताब्दीऔं वर्ष मनाइएको आचार्यले बताए।

कार्यक्रममा बोल्दै लायन्स अन्तर्राष्ट्रियका पूर्व डाइरेक्टर सञ्जय खेतानले सय वर्षसम्ममा लायन्सले संसारभर सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए। लायन्स अन्तर्राष्ट्रियका प्रतिनिधि जगदीश गुलाटीले लायन्स स्थापनाको सय वर्षमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने सय जना व्यक्तिहरुलाई अभिनन्दर गरेर डिष्ट्रिक्टले रचनात्मक कार्य गरेको बताए। कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सम्मानित व्यक्तिहरुलाई नागरिक अभिनन्दन गरेका थिए।

कार्यक्रममा संस्कृतिकर्मी सत्यमोहन जोसी, साहित्यकार माधवप्रसाद घिमिरे, कलाकार तुलसी घिमिरे, कलाकार एवम् सामाजिक व्यक्ति कुन्जना घिमिरे, कलाकार सरुभक्त श्रेष्ठ लगायतका कलाकारहरु कार्यक्रममा सहभागि भएनन्। कार्यक्रममा विभिन्न लायन्सकर्मीको साथमा ओमशान्ति र बिद्यार्थीहरुको भने ठूलो संख्या ¥यालीमा सहभागी भएका थिए। पोखराको सभागृहचोकबाट शुरु भएको रथारोहणसहितको ¥याली न्यूरोड, महेन्द्रपुल, नयँजबार हुदै पोखरा प्रदर्शनीकेन्द्रमा प्ुगेर सम्मान समारोहमा परिणत भएको थियो। ¥यालीमा लायन्सको पोषाकमा लायन्सहरु सजिएका थिए भने पञ्चे बाजागाजासहित ¥याली आयोजना गरिएको थियो। ट्रकलाई सजिसजावट गरी एउटा ट्रकमा रथारोहणको झल्को दिने गरी चार जना सम्मानित व्यक्तिहरुलाई राखिएको थियो। २५ वटा ट्रक उक्त ¥यालीमा सहभागी गराइएको थियो भने ¥यालीको अन्तिम दोश्रो ट्रकमा राखिने चार जना सम्मानित व्यक्ति कार्यक्रममा उपस्थित नहुँदा खाली ट्रक गुडाइएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button