पोखरामा युक्रेन नागरिकको रहस्यमय मृत्यु

डीएनबी, पोखरा न्युज –  १ चैत्र ।

पोखरा भ्रमणमा आएका  युक्रेक नागरिकको पोखरामा रहस्यमय ढंगले मृत्यु भएको छ ।

२८ बर्षीय युक्रेन नागरिक एन्टोनको पोखराको लेकसाइड स्थित ह्वाईट पल होटलको ७ सय १ रुमको बरण्डामा  ध्यान गर्दा गर्दै रहस्यमय ढंगले मुत्यू भएको प्रहरीले जनाएको छ ।

साथीसँग दुइ दिन अघि मात्र काठमाण्डौंबाट पोखरा घुम्न आएका एन्टोनको  होटलको बरण्डामा ध्यान गरी बस्दा अचानक  मुत्यू भएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. खड्ग बहादुर खत्रीले पोखरा न्युजलाई बताए । उनका साथीले  आज विहान करिब ९ बजे तिर उठेर हेदा ध्यान गरेको अबस्थामा बसेको देखेपछी  उनले एन्टोनका परिवारलाई सम्पर्क गरेका थिए । परिवारलाई सम्पर्क गर्दा उसले ध्यान गर्छ नवोलाउनु होला भनि प्रतिकृया दिएको प्रहरीले जनाएको छ । एन्टोन ध्यानप्रेमी थिए ।

एन्टोनका साथी खाजा खाएर रुममा जादा पनि एन्टोनलाई पहिलेकै अबस्थामा देखेपछी  उनलाई बोलाएका थिए । वोलाउदा नवोलेपछि होटलको रिसेप्सनमा जानकारी गराएका थिए । तत्पश्चात उनको उपचार गर्न मेट्रो सिटि हस्पिटलमा लगे पनि  हस्पिटलले उपचार गर्न नसक्ने भन्दै  पश्चिमाञ्चल क्षेत्रिय अस्पताल(पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान ) रिफर गरेको थियो । अस्पताल पु¥याईएसंगै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

उनको शव हाल हस्पतालको शव गृहमा राखिएको छ । एन्टोनको हृदयघात वा कुनै कारणबाट मुत्यू भएको  हुन सक्ने प्रहरीले जनाएको छ । उनको शरिरमा कुनै चोटपटक नभएको प्रहरीले जनाएको छ । उनको पासवोर्ड नम्बर इ.आर.५४५७२० रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button