कास्कीले दुई मन्त्रालय पाउने पक्का, सांसद रबिन्द्र र जगत मन्त्रि बन्दै

पोखरा न्युज – ०२ चैत्र ।

प्रधानमन्त्रि केपी ओलीको मन्त्रि मण्डलमा यस पटक कास्की बाट दई जना मन्त्रिहरु परेका छन । नेकपा एमालले शुक्रबार छानेका ७ मन्त्रिको लिष्टमा २ जना कास्की बाट परेका हुन ।

कास्की बाट तिन पटक सांसद भएर ह्याट्रिक पुरा गरेका युवा नेता रबिन्द्र अधिकारीले पर्यटन मन्त्रालयको जिम्मेबारी पाउने भएका छन भने कास्की क्षेत्र नं ३ बाट पहिलो पटक प्रत्यक्ष सांसदमा निर्वाचित युबा नेता जगत बिश्वकर्माले यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने छ ।

आफ्नो कार्यशैलीमा दृढ यि युवाहरुको जोश र जाँगरले यस क्षेत्रको पर्यटन र खेलकुदले बिकासले गति लिने अधिंकाशको भनाइ छ । यस अघि पनि सरकारमा पटक पटक मन्त्रि हुने सूचिमा रहेर पनि अन्तिम समयमा सांसद अधिकारीलाई हटाइएको थियो । प्रधानमन्त्रि ओली सकारलाई पूर्णता दिन अबको केही क्षणमा नै सपथ खुवाउने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button