व्यवसायीको आन्दोलनलाई मजदुर संघको समर्थन, २७ गतेबाट अनिश्चितकालसम्म गाडी नचल्ने

नेपाल यातायात मजदुर संघको राहत वितरण:

पोखरा न्युज – २०, वैशाख ।

नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ कास्कीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सम्बद्ध अन्य विभिन्न ५ वटा महासंघले निर्देशन गरे अनुरुपको सार्वजनिक यातायातको आन्दोलनलाई समर्थन जनाउने भएको छ ।

बिहीबार आयोजित संघको राहत वितरण कार्यक्रममा बोल्दै कास्कीका अध्यक्ष दामोदर पण्डितले समग्र यातायात क्षेत्रको लगानीलाई नै धरासयी बनाउने उद्देश्यले जारी भएको यातायात व्यवस्था निर्देशिका आफूहरुलाई मान्य नहुने बताएका हुन् ।

यातायात व्यवसायीहरुको आन्दोलन अनुरुप २१ गते सम्पूर्ण सार्वजनिक सवारी साधन घर ग्यारेजमा थन्काउने र २७ गतेबाट अनिश्चित कालसम्मका लागि सवारी संचालन नगर्ने बताउँदै आएका छन् ।

कार्यक्रममा संघले दुःखमा परेका यातायात मजदुरहरुलाई राहत स्वरुप नगद रुपैयाँ हस्तान्तरण गरेको छ । संघमा सदस्यता लिएका मजदुरहरु विभिन्न दुर्घटना, घरायसी दुःख, झमेलामा परेकाहरुलाई उनीहरुको निवेदन माग अनुसार राहत वितरण गरिएको हो ।

‘संघमा आबद्ध भईसकेपछि मजदुरहरुको समस्यामा चासो दिँदै आएका छौं,’ संघका कास्की सभापति दामोदर पण्डितले भने, ‘मजदुरको हक हितका लागि भएपनि राहत वितरण कार्यक्रमले संघको गरिमा समेत उचो राखेको छ ।’ उनले भने ।

राहत पाउने यातायात मजदुरहरुमा विरेन्द्र शर्मा, दुर्गा बहादुर थापा, रामजी श्रेष्ठ, मिनबहादुर गुरुङ, ठाकुर प्रसाद लामा, स्वतन शर्मा विधारी, चिरञ्जिवि बराल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि ट्रेड यूनियन महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष मुरारी शर्माले संघले मजदुरको समस्यालाई समाधान गर्न पहलीकदमी स्वरुप राहत वितरण गरेकोमा आभार प्रकट गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष जीतबहादुर गुरुङ, प्रजातान्त्रिक यातायात व्यवसायी संघ गण्डकी एवं पोखरा बस व्यवसायी समितिका सचिव अमृत तिमिल्सिना, प्रहरी नायब निरिक्षक राजेन्द्र कार्की लगायतले बोलेका थिए । संघका कास्की जिल्ला सभापति दामोदर पण्डितको अध्यक्षतामा भएको कार्यक्रम सचिव अर्जुन खनालले संचालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button