पोखरा-२७ बाट लागुऔषध सहित २ जना पक्राउ

पोखरा न्यूज- ११, असार ।

पोखरा लेखनाथ महानगरपालिका -२७ रिठ्ठेपानिबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय वर्ष ३० का प्रकाश लामा र बर्ष १९ का सन्तोष बि.क. रहेको प्रहरीले जनाएको छ ।

आइतबार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गाजा १० ग्राम, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल, नुर्फिन ९ एम्पुल लागुऔषध सहित  नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए।

 उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान जारी राखेको प्रहरीले उल्लेख गरेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button