बाग्लुङमा चट्याङ लाग्दा एकको मृत्यू ,२ घाइते

पोखरा न्यूज- ११, असार ।

बागलुङको जैमिनी नगरपालिका ६ खाल्टामा चट्याङ पर्दा एक जनाको मृत्यू भएको छ । चट्याङ लागेर एकै घरका अन्य २ जना घाइते भएका छन् ।

आइतबार राती करिब ९ बजेको समयमा खाल्टा निवासी किसे नेपालीको घरमा चट्याङ पर्दा ६० बर्षीय नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर उनकी श्रीमती ४५ बर्षिया चन्द्रकला नेपाली र ५ बर्षीय छोरा सुसान नेपाली घाइते भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

चट्याङका कारण गोठमा रहेको एउटा भैँसि र २ वटा बाख्रा समेत मरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button