बाग्लुङमा ट्याक्टरले ठक्कर दिदा खेतमा काम गरिरहेका व्यक्तिको मृत्यु

पोखरा न्यूज- ११, असार ।

खेतमा काम गरिरहेको व्यक्तिलाई ट्याक्टरले ठक्कर दिदा बाग्लुङमा एक जनाको मृत्यु भएको छ ।

बागलुङ बडिगार्ड गाउँपालिका -६ छिस्छात स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा परि स्थानीय ५२ बर्षीय मकर बहादुर केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउसो करिब एक बजेको समयमा बडिगार्ड खोलाबाट बालुवा लोड गरी भिमगार्ड बजारतर्फ आउदै गरेको लु २ त ६७७५ नम्बरको ट्याक्टरले ठक्कर दिदा सडक छेउको खेतमा काम गरिरहेका केसीको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए । घटना पश्चात बागलुङ बडिगार्ड गाउँपालिका – ७ का ट्याक्टर चालक सुवास बिक र ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button