पोखरा रंगशालामा एन्फा कप जारी

पोखरा न्यूज- ११, असार ।

कास्की जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा तेस्रो दिन पनि पोखरा रंगशालामा एन्फा कप जारी रहेको छ ।

आइतबार सम्पन्न खेलमा शैनिक आवाशिय महाविद्यालयले शिदार्थ माबीलाई ७–१ गोल अन्तरले पराजित गरेको छ । त्यसै गरि दोश्रो खेलमा शिव शक्ति माबीले समता शिक्षा सदनलाई ४–१ गोल अन्तर पाखा लगाएको छ । अन्य खेलमा बुद्ध चोकको सोसियल पव्लिक स्कुल हाइवे गार्डेन संग ३–२ गोलले बिजयी भएको छ भने टप्स माबीले श्री शान्ति माबीलाई ३–० गोलले पराजित गरेको छ ।

यसै गरि शुक्रराज माबीले एसओएस माबीलाई टाइबे्रेकरमा ४–३ गोलले पराजित गरे पनि एसओएसले प्रोटेष्ट गरे पछि एसओएसलाई बिजयी बनाइएको छ । निर्धारित समयको ९० मिनेट सम्म दुबै बिद्यालयले ४–४ गोल गरे पनि एसओएसले अन्तिम समयमा प्रोटेष्ट गरेको थियो ।

यसै गरि अमर सिंह माबी र तारा कुञ्जको खेल पनि निर्धारित समयम गोल रहित बराबरीमा सकिए पछि टाइब्रेकरमा ताराकुञ्ज ४–२ गोलले बिजयी भएको छ ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार प्रतियोगितामा छात्र तर्फ ३८ टिम र छात्रा तर्फ ८ टिमको सहभागिता रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button