प्रदेश ४ को नामांकरणको बिषयमा छलफल सुरु, अधिकांस गण्डकीको पक्षमा

पोखरा न्यूज -२१, असार । 
प्रदेश नम्बर ४ को नामांकरणको बिषयमा बिहिबार देखि सदनमा छलफल सुरु भएको छ । प्रदेशको राजधानि एकै स्वरमा सर्वसम्वत रुपमा पोखरा राख्ने बिषयमा जसरी सहमित भएको थियो त्यसरी नै प्रदेशको नामाकरणको बिषयमा पनि सर्वसम्भव गराउने प्रयास स्वरुप विहिबार देखि सदनमा नामाकरणको बिषयमा छलफल सुरु भएको हो ।

सांसद मायानाथ अधिकारीले यही असार १० गते सदनमा टेवल भएको प्रदेशको नामाकरणको बिषयमा छलफल गर्ने प्रस्ताव पेस गरेसंगै सदनले टेवल ठोकेर सहमति जनाएसंगै उपसभामुख सृजना शर्माले छलफल प्रारम्भ भएको घोषणा गरेकी हुन। निर्धारित १० मिनेटको समय सिमा दिएको छलफलमा १५ जना सांसदले आफ्नो धारणा राखेको उक्त कार्यक्रममा नयाँ शक्ति पार्टीका हरिशरण आचार्यले मात्र फरक मत राखेका छन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कागेंस, राष्ट्रिय जनमोर्चाले भने प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश नै उपयुक्त हुने कुरामा एक मत राखेका हुन।

सांसद आचार्यले पहिचानको आधारमा नामांकरण हुनुपर्नेमा जोड दिए । उनले भने – ‘तमुवान मगरात गण्डकी प्रदेश हुनुपर्छ, यस क्षेत्रमा इतिहास रक्षा गर्ने वलिदान दिने जाति भनेको तमु र मगर जाति नै हुन, त्यसैले यो प्रदेशलाई पहिचान सहितको नामा राख्नु पर्दा तमुवान मगरात गण्डकी प्रदेश नै राख्नु पर्छ । ‘ तमुहरुको उद्गम स्थल यसै क्षेत्रमा भएको र सिमाङकन गर्दा गलत ढंगले गरेको उनको आरोप छ। पहिचानमा स्पष्ट लैजानु पर्ने अन्यथा भावि पु्स्ताले गाली गर्ने भन्दै सांसद आचार्यले गुरुङ जातिका सांसदहरुलाई लक्षित गर्दै भने -“ पहिचान सहितको संघियतालाई कान्वयन गर्न नसक्ने हो भने आफ्नै बाबुको गला रेट्न लाग्नु हुन्छ भने मैले भन्नु केहि छैन। ”

नेकपाका सांसद तथा अर्थमन्त्री किरण गुरुङले नाम र अधिकार छुट्टा छुट्टै बिषय भएको प्रष्ट पार्दै वल बहादुर र धन बहादुरको नामले खासै प्रभाव नपार्ने ,त्यसमा भएको क्षमता र उनको व्यवहारले फरक पार्ने जनाए । उनले भने -“पहिचानले भाषा, संस्कृति, इतिहास, भुगोलसंग मात्र जोडिएको पहिचान होइन, यसमा हामीले नेकपामा धेरै लामो छलफल गरेर यो क्षेत्रको सवैलाई मान्य हुने नाम भनेकै गण्डकी प्रदेश हो, यसले सवैलाई सम्मान हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button