कास्की जिल्लाका भू–संरक्षण कार्यालयका प्रमुख थापा मानसिक तनाबमा

पोखरा न्यूज -२१, असार । 
जिल्ला भू–संरक्षण कार्यालय पोखराका प्रमुख डम्बर बहादुर थापा यति बेला मानसिक तनाबमा रहेका छन्। आफ्नो कार्यालयमा हस्तक्षेप गरी तोडफोड सहित आउदो साउन महिना देखि कहाँ र के काम गर्ने बिषय अन्योल हुदा हाल आफु मानसिक तनावमा रहेको प्रमुख थापाले बताए।

कार्यालयले बिहिबार पोखरामा आयोजना गरेको फेवा जलाधार संरक्षण सम्बन्धमा हालसम्म भएका प्रयास, समस्या तथा चुनौती बिषय अन्तरकृया कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार स्थापना भएसंगै सुरक्षाकर्मीको एक समुहले आफ्नो कार्यालयमा जथभावि तोडफोड सहित कार्यालयमा हस्तक्षेप गरेको गुनासो गरे । नयाँ आर्थिक बर्ष देखि उक्त संस्था नरहने भए पछि आफुहरु कहाँ के काम गर्ने भन्ने बिषय थप अन्यौल भएको उनले जनाए । जाईकाले दिएको बा २ झ ४२५ नम्बरको पिक अप गाडी केहि दिनको लागि भनेर लगिएकोमा हालसम्म कार्यालयलाई नबुझाउदा पछि जाईकालाई आफुहरुले के बुझाउने भन्ने बिषयले थप तनाब बनाएको थापाले बताए । उक्त गाडी हाल स्कटीङमा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको बताइन्छ । जाईकाले दिएको ३ थान फोटो कपि मेसिन तोडफोड भएको स्टोर किप्पर ज्योति केसीले बताईन। कार्यालयमा हाल १४ जना कर्मचारी रहेका छन।

केहि समय अघि देखि जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश नम्बर ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आफ्नो गाडी पुनः फिर्ता गर्न माग गर्दा हालसम्म सुनुवाई नभएको प्रमुख थापाले जनाए । आफुहरु कुनै फिल्डमा जादा भाडाको गाडी प्रयोग गर्दै आएको उनले बताए ।

फेवाताल संरक्षणमा आफुहरुले यस बर्ष अधेरीखोला, हर्पन खोला लगायतका क्षेत्रमा चेक ड्याम निमार्ण गरी फेवातालमा आउने ढुंगा, माटो र गिटीलाई नियन्त्रण गर्ने प्रयास गरेको प्रमुख थापाले जनाए । बरिष्ठ पत्रकार नारायण कार्कीले फेवाताल संरक्षणमा समयमै ध्यान दिन नसके फेवातालको भविश्व संकटमा रहेको दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button