म्याग्दीमा पहिरो नियन्त्रणका लागि पर्खाल निर्माण

पोखरा न्यूज -३२, असार ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको तल्लो गाउँमा पहिरो नियन्त्रणका लागि ग्यावियन पर्खाल लगाइएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर ग्यावियन पर्खाल निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख १२ हजार ३१ अनुदान र स्थानीयवासीको रु ६२ हजार ३१ बराबरको श्रमदानमा ६० थान ग्यावियन पर्खाल लगाइएको उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गर्बुजाले बताए ।

पर्खाल निर्माण भएपछि खोल्साबाट आउने बाढी नियन्त्रण, पहिरो रोकथामका साथै सवारीसाधन पार्किङमा सहज भएको छ । यसबाट ४८ घरधुरी लाभान्वित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button