संस्थागत भ्रष्टाचारले विकास प्रभावित : मुख्यमन्त्री गुरुङ

पोखरा न्यूज -३२, असार ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताएका छन्।

जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा उनले भने, “ भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौती देखिएको छ ।”

“बजेट खर्च गर्ने राज्यको प्रक्रियामा ढिलाइ छ, संस्थागत भ्रष्टाचार बढ्न थालेको छ”, मुख्यमन्त्री गुरुङले भने, “यसको अन्त्य नभएसम्म अपेक्षित विकास निर्माण हुन सक्दैन ।”

उनले जनप्रतिनिधिहरुमा पनि जनताको सेवामा भन्दा हाकिम र ठेकेदारसँगै मिलेमतोमा लाग्ने प्रवृत्ति बढेकोमा दुःख व्यक्त गर्दै यसका लागि प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताए ।

“उपभोक्ता समितिका भरमा मात्र योजना छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ”, मुख्यमन्त्री गुरुङले भने, “योजना सँगै जनप्रतिनिधिको कामकारबाहीलाई पनि अनुगमन गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा समन्वय समितिका योजना तथा गतिविधिबारे जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवाले प्रकाश पारे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button