२५ वर्षदेखि फरार रहेका लमजुङका १ व्यक्ति पक्राउ

पोखरा न्यूज -१६, साउन  ।

पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट १ महिना कैद र रु १ हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु १ हजार जरिवानासहित १ महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button