पोखराको सयपत्री सहकारीद्वारा ८० युनिट रंक्त संकलन

पोखरा न्यूज -१९, साउन । 

पोखराको सयपत्री बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८० यूनिट रंक्त संकलन भएको छ । संस्थाको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा ८० जनाले रक्तदान गरेको संस्थाका सल्लाहकार टिका बहादुर कार्कीले बताए ।

पहिलो रंक्तदाता नवराज रेग्मीलाई कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उप–सचिव वद्रीनाथ अधिकारीले व्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन। रंक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै उपसचिव अधिकारीले सहकारी ऐन संसोधनको क्रममा रहेकोले अब सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

६ सय १५ जना शेयर सदस्य रहेको संस्थाको हाल १२ करोड ३९ लाख शेयर पुंजी रहेको प्रवन्ध संचालक धर्मप्रसाद बास्तोलाले बताए। उनका अनुसार संस्थाको कर्जा प्रवाह ७८ करोड ८२ लाख रहेको छ भने डिपोजिट ७८ करोड ८१ लख रहेको छ । गत आर्थिक बर्ष २०७४/०७५ मा संस्थाले करिब एक अर्बको कारोबार गर्दा ३ करोड ९१ लाख मुनाफा आम्दानी गर्न सफल भएको बास्तोलाले बताए ।
संस्थाले कृषि, व्यापार, वैदेशीक रोजगार लगायतका क्षेत्रमा लगानी गरेको संस्थाका प्रवन्धक विकास सुवेदीले बताए । सहकारीले प्रविधिलाई पछ्याउदै अघि बढ्ने उनले जनाए । संस्थाले सोलार प्लान, सामुहिक आलुखेती, प्लाष्टिकको प्रयोगलाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सल्लाहकार रविन्द्र बाँस्तोलाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button