पोखरा हस्पिटल चोकबाट ३ सय थान लागूऔषध सहित एक पक्राउ

पोखरा न्यूज – १५ , भदौ ।

हस्पिटल चोक पोखराबाट प्रहरीले ३ सय थान लागूऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

भारतको  लक्ष्मीपुर घर भई हाल पोखरा– १० बगर बस्दै आएका  ४५ बर्षीय  राम राजबर दावन ३ सय थान लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । लागूऔषध ओसार प्रसार गरी बिक्रिवितरण गरिरहेको  गोप्य सुचनाको आधारमा  सादा पोशाकको प्रहरी टोलिले दावनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले बताए ।

“लागू औषध निष्तेज महाअभियान २०७५” लाई आक्रामक रुपमा अगाडी  बढाइरहेको बेला  प्रहरीले दावनलाई डाईजापाम १ सय  थान, बुफ्रिनर्फिन १ सय थान तथा फेनेरागन १ सय थान लागूऔषध सहित  बुधबार पक्राउ गरेको डिएसपी गुरुङले उल्लेख गरे ।

 दावनलाई लागू औषध मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रबक्ता गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button