समन्वय अभावमा पोखरामा एकै पटक दुई ठुला फुटबल प्रतियोगिता हुँदै

पोखरा न्यूज –०४, पुष ।

पर्यटकीय नगरी पोखरामा समन्वयको अभावमा दुई ठुला फुटबल प्रतियोगिता एकै समयमा हुने भएका छन् ।

पोखरामा विगत १७ बर्ष देखि संचालन हुदै आएको आरा रारा गोल्ड कप फुटबल प्रतियोगिता र एन्फा कास्कीद्धारा संचालन हुदै आएको पोखरा मनकामना कप फुटबल प्रतियोगिता आउदो माघ महिनामा दुई दिनको अन्तरालमा हुने गरी तयारी सुरु भएको हो । अखिल नेपाल फुटबल संघसँग समयमै समन्वय गर्न नसक्दा एकै समयमा दुई ठुला प्रतियोगिता हुने भएका हुन् ।

आउदो माघको १५ देखि २६ गतेसम्म पोखरा मनकामना कप र उक्त प्रतियोगिता सकिएको दुई दिन लगतै माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने भनि एन्फा केन्द्रले खेल तालिका सार्वजनीक गरको छ । यसरी दुई ठुला प्रतियोगिता एकै मितिमा गर्दा यसबाट आफुहरुलाई धेरै असर पर्ने सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । उनले भने “एकै मितिमा, एकै स्थानमा एकै प्रकारको खेलमा प्रायः लगभग एकै टिम खेल्ने हुँदा खेल प्रति क्रेज घटेर दुबै आयोजक संस्थालाई प्रभाव पार्ने छ । ”

एन्फा केन्द्रसँग आफुहरुले समयमै मिति माग्दा माग्दै एकै समयमा मिति दिएकोले आफुहरुले उक्त मितिमा सो प्रतियोगिता संचालनको तयारी गर्न नसक्ने भएकोले केही समय पछि हुने गरी समय माग गरेको उनले जनाए । आहा राराबाट बचत भएको रकम सहारा एकेडेमीका बालकहरुको भरणपोषणमा खर्चिदै आएको क्लवले आहा रारा गोल्ड कप प्रभावित हुन पुगेमा एकेडेमीका बालकहरुको पालन पोषणमा समेत प्रभाव पर्न सक्ने जनाएको छ । क्लवले सहारा एकेडेमीको लागि आहा राराबाट बार्षिक करिब २० देखि २५ लाख बचत गर्ने गरेको छ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले लिगका कारण विभिन्न क्लवहरुले माग गरे अनुसारको समय एन्फाले दिन नसक्दा यसबाट आफुहरुलाई समेत असर पर्न सक्ने बताए । नेपालका धेरै ठाँउमा फुटवल प्रतियागिता हुनाले पनि एन्फाले पोखरामा छोटो समयमा दुई प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको उनले जनाए । एन्फा कास्कीले उक्त प्रतियोगिताको लागि फुटवल मैदानमा हरियो दुवो रोप्ने र मैदान मर्मत गर्न थालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button