पोखरा रंगशालामा बहुउद्देशीय कभर्ड हल निर्माण भएसँगै प्रशिक्षण शुरु

पोखरा न्यूज – ०८, पुष ।

पर्यटकीय नगरी पोखरामा अन्तराष्ट्रिय स्तरकै बहुउद्देशीय कभर्ड हल निर्माण भएसँगै खेलाडीहरुले प्रशिक्षण गर्न सुरु गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्को लगानीमा निर्माण सम्पन्न भएको उक्त कभर्ड हलमा विभिन्न खेलका खेलाडीहरुले प्रशिक्षण गर्न सुरू गरेका छन् ।

कभर्ड हल निर्माण भएसँगै यति वेला विभिन्न ईण्डोरका खेलहरु हलमै संचालन हुन थालेको जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक गोदारले बताए । उनका अनुसार उक्त कभर्ड हलमा थाई वम्सिङ, मोया थई बक्सिङ, तेक्वान्दो, सितोरियो कराँते, क्योकुसिन कराँते, बुदोकाई कराँते, जुडो, उसु, क्याम्पो काई कराँते लगायतका खेलका करिब ३ सय जना खेलाडीहरु उक्त कभर्ड हलमा प्रशिक्षण गर्न थालेका हुन् ।

समय तालिका मिलाएर सवैलाई समान अवसर दिएको गोदारले जनाए । उक्त कभर्ड हल निर्माणले
खेलाडीहरुले प्रशिक्षण गर्ने राम्रो वातावरण पाएको उनले बताए । उक्त कभर्ड हलको फिनिसिङ गर्न थप १० शौचालय आवश्यक भएको पनि उनले जनाए । २ हजार ६२ जना दर्शक क्षमताको नेपालकै सबै भन्दा ठुलो बहुउद्धशीय कभर्ड हल पोखरा रंगशालामा हालै निर्माण गरिएको जिल्ला खेलकुद बिकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उनका अनुसार उक्त कभर्ड हलमा फुटबल , क्रिकेट बाहेकका सबै ईण्डोरका खेलहरु खेल्न सकिन्छ ।

१५ करोड ५७ लाखको लागतमा उक्त कभर्ड हल निर्माण गरिएको प्रमुख बरालले जनाए । २०७१ मा १५ महिना भित्र सक्ने गरी उक्त कभर्ड हल निर्माणको लागि १४ करोड ३० लाखको बजेट विनियोजना गरिएको थियो । उक्त कभर्ड हलमा टायल तथा जिप्सन राख्दा १ करोड २७ लाख रुपैया खर्च हुदा लागत खर्च बढेको होे । भूकम्प र नाकावन्दीले गर्दा देशमा मजदुर र निर्माण सामाग्रि समयमै उपलब्ध हुन नसक्दा तोकिएको मिति भन्दा धेरै ढिला भए पनि अन्ततः हालै उक्त कभर्ड हलको निर्माण कार्य सकिएको उनले जनाए ।

उक्त कभर्ड हलको लागि आवश्यक फर्निचर तथा फर्निसिङको एवं साउण्ड सिस्टमको व्यबस्था गर्न करिब २ करोड खर्च लाग्ने प्रमुख बरालले जनाए । उक्त कभर्ड हल वरिपरि लाईटिङ सिस्टम, पार्किङ, चार वटा शौचालय निर्माण, कार्यालय संचालनको लागि कोठा सहितको संरचना निर्माण भएको छ । डाँफे मुना एण्ड आचार्य प्रतिष्ठान जेविले १४ करोड ३२ लाख ६२ हजार ७ सय ७५ रुपैयामा ३ हजार २ सय ७६ बर्ग मिटरमा उक्त कभर्ड हल निमार्ण गरेको समितिका ईन्जिनियर प्रनिस ताम्राकारले बताए । उनका अनुसार उक्त कभर्ड हल आरसिसि ढलान तथा ट्रस संरचनामा निर्माण भएको छ ।

नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुदका केहि ईन्डोरका खेलहरु उक्त कभर्ड हलमा गर्न सकिने भएको उनले जनाए । उक्त कभर्ड हललाई अझ थप व्यबस्थित पार्न पार्केटिङ गर्न, साउण्ड एब्जर राख्न, कुर्सी राख्नको लागि दुई करोड खर्च लाग्ने र उक्त रकम राखेपमा माग गरेको प्रमुख बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button