पोखरेली दर्शक तान्दै निरमाया

पोखरा न्यूज -०४, माघ ।

पोखरामा मञ्चन भइरहेको नाटक निरमायातर्फ आर्कषित बन्दै गएका छन् । नाटक हेरिसकेपछि प्राप्त दर्शकको सन्तुष्टिको कारण यो नाटकले नाट्य प्रेमीको ध्यान खिचिरहेको छ ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको यो नाटक शनिबार दूई सो मञ्चन हुदैछ । शनिबार दिउँसो १ बजे र साँझ पौने ५ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए । अन्य दिनमा साँझ पौने ५ बजे नाटक मञ्चन भइरहेको छ । पौष २७ गतेबाट मञ्चन शुरु भएको नाटक माघ १२ गतेसम्म मञ्चन हुनेछ । एक घण्टा ४० मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले झण्डै ३० वर्ष अगाडी लेखेका हुन् ।

गरिब, शोषित, दलित, यौन पिडित समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । नाटकममा समावेश गरिएको लाइभ बाजा र रत्यौलीले दर्शकसँगै कलाकारलाई जोश्याउँदछ ।नाटकका निर्देशन परिवर्तन कार्कीले गरेका हुन् । यसअघि नाटक बितेका कुरा निर्देशन गरी नाटक निर्देशनमा डेब्यु गरेका उनले यो नाटकमा आफु खारिएको दर्शकलाई विश्वास दिलाउन सफल भएका छन् ।

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, इश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना आदी कलाकारको अभिनय हेर्न पाइन्छ ।

गन्धर्व नाटकघरमा मञ्चन हुने यो २३ औँ नाटक हो । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको भने यो पाँचौ नाटक हो । नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्नेछ । निरमाया हेरिसकेपछि प्राप्त प्रतिक्रियाका कारण आफुहहरुमा उत्साह थपेको नाटकका निर्देशक परिवर्तन कार्कीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button