आहा रारा गोल्ड कप फागुन ९ गते देखि

पुरस्कार राषिमा बृद्धि

पोखरा न्यूज – १२, माघ ।

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ आउदो फागुन ९ गते देखि पोखरामा हुने भएको छ । १७ औं संस्करणको उक्त प्रतियोगिता फागुन १८ गतेसम्म पोखरामा हुने भएको सहारा क्लव पोखराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लबहरु, आयोजक सहारा क्लब पोखराको टिमहरुको सहभागिता हुने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । एन्फाको कारण यस पटक प्रतियोगिताको अवधि १० दिनमा खुम्चित पुगेको उनले गुनासो गरे । उनले भने “ आहा रारा फुटवल प्रतियोगिताको इतिहासमै १२ दिनसम्म संचालन हुदै आएको आएको उक्त प्रतियोगिता यसपालि एन्फाले खेल तालिका १० दिनको लागि मात्र दिएको छ, अब यसमा हामीले १० देखि १२ टिमसम्म सहभागि गराउने प्रयास गरेका छौं । ” यस अघि आहा रारामा १२ टिमको सहभागिता हुने गरेको थियो ।

प्रतियोगितामा पुरस्कारको राषिमा भने बृद्धि गरिएको छ । प्रतियोगितामा विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले भने ४ लाख एक हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र उपबिजेतालाई ५० हजार पुरस्कार राषिमा बृद्धि गरिएको हो ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ पोखरा रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगिताबाट १ करोड ३० लाख एक हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लवका महासचिव विश्वराज बरालले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ९७ लाख ९८ हजार लाग्ने भएको छ भने प्रतियोगिताबाट ३२ लाख २ हजार रुपैया बचत गरिने लक्ष्य राखिएको छ । बचत रकमलाई क्लवले कठिन परिस्थिति एवं विपन्नबर्गका वालकहर सम्मेलित सहारा फुटवल एकेडेमीमा लगानी हुने भएको बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङले बताए । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकल वा स्कुटर मध्य एक पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताको अवधिमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जनालाइ नगद ३५ हजारको साथमा सम्मान गनिरे भएको क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा सल्लाहकार नारायण कार्की, तमु धिँ यूकेका अध्यक्ष नन्दजंग गुरुङ, सहारा युकेका महासचिव धनु थकाली लगायतले आहा रारा गोल्ड कपलाई सफल पार्न आफुहरुले सहयोग गर्ने वचन दिए् । उक्त अवसरमा हरेक खेलमा प्रदान गरिने म्यान अफ दी म्याच ट्रफी समेत हस्तान्तरण गरिएको छ । सहारा युकेका महासचिव धनु थकालीले क्लवका अध्यक्ष थापालाई उक्त ट्रफी हस्तान्तरण गरेका हुन्।

यस अघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने भनि एन्फा केन्द्रले खेल तालिका सार्वजनिक गरेको थियो । पोखरामा अर्काे फुटवल प्रतियोगिता एकै समयमा दुई दिनको अन्तरालमा हुने भए पछि क्लवले पुनः अर्को मितिमा उक्त प्रतियोगिता संचालनको लागि मिति माग गरेको थियो । मनकामना केबलकार पोखरा कप २०७५ यही माघ १५ देखि २६ गतेसम्म पोखरामा हुने भएको छ । गत बर्षको विजेता नेपाल पुलिस क्लव हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button