पोखरा छोरेपाटनमा ४५ लाख लागतमा ज्योर्तिलिङ्ग शिवालय मन्दिर निर्माण सुरु

पोखरा न्यूज – २१, फागुन ।

पोखरा महानगरपालिका -२२ छोरेपाटन, घैयाखेतमा  ४५ लाख लागतमा ज्योर्तिलिङ् शिवालय मन्दिर निर्माण सुरु भएको छ । गत वर्ष  विधिगत रुपमा दर्ता गरी मन्दिरको स्वरुप परिवर्तन गरिएको थियो । उक्त मन्दिर प्यागोडा शैलिमा निर्माण हुने निर्माण समितिले बताएको छ ।

महाशिवरात्रीको अवसरमा लिलाभक्त फाउण्डेशनका अध्यक्ष लिलाभक्त आचार्यले शिलान्यास गरेका छन् । मन्दिर शिलान्यास गर्दै उनले आफ्नो वाणिमा जस्तो सुकै अवस्था आइपरे पनि  यस क्षेत्रकै ज्योति स्वरुपको मन्दिर निर्माण गरिने बताए । मन्दिर निर्माण लागि स्थानियको ठूलो हात रहने  र संरक्षण भएमा यस क्षेत्रको विकास गर्न सकिने धारणा राखेका थिए ।

विशिष्ट अतिथि वडा नं. १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले मठ मन्दिर, पाटी पौवा, चौतारी जस्ता धार्मिक आस्था बोकेका बस्तुहरु निर्माण गर्नु र त्यसको संरक्षण गर्नु मानव धर्म भित्र पर्ने साथै यो क्षेत्र पर्यटकीय गन्तव्य पनी रहेकोले कलात्मक तरिकाले मन्दिरको निर्माण गर्नका लागि व्यक्तिगत तथा संस्थागत रुपमा हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अर्यालले करिब ४५ लाखको लागतमा कलात्मक रुपमा निकै राम्रो आकर्षक ज्योति स्वरुपको मन्दिर निर्माण गरीे आगामी २०७६ सालको शिवरात्रिमा समुदघाटन गरिने संकल्प गरेका थिए ।

हालसम्म मन्दिर निर्माणको लागि पोखरा २२ वडा कार्यालयले दुई लाख, महानगरपालिका कार्यालयले तिन लाख, लिलाभक्त फाउण्डेशन पोखराले लाख ११ एक सय ११, पोखरा २२, घैयाखेत निवासी विरबहादुर जिसी परिवारले एक लाख पाँच रुपैया, आनन्द-सावित्रा अर्यालको परिवारले ११ हजार एक सय ११, विष्णुप्रसाद पौडेलले १० हजार, सशस्त्र प्रहरी सहायक निरिक्षक सुरेन्द्रसिं भण्डारीले दुइ हजार पाँच सय, समावेशी आमा समुहले पाँच हजारगरेका छन भने राजेन्द्र लिगलले मन्दिरको डिजाइन लागत स्टेमिट कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बालन नृत्य तथा प्रतिष्ठान नेपालका अध्यक्ष खगराज शर्मा आचार्यले हरेक क्षेत्रमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्नका लागि बाद्य बाधक तथा नृत्य कार्यक्रम समेत समेट्ने गरी भवन निर्माण गरी मन्दिरको संरचना गर्नका लागि अन्य दातृ संस्थाहरुसंग समन्वयन गरी उत्कृष्ठ मन्दिर निर्माणमा लागि पर्नेमा जोड दिएका थिए । गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले मन्दिर संरक्षणका साथै दैनिक पुजा चलाउनु ठूलो कुरा हो हाल यो अवस्थामा पनि मन्दिरको दैनिक कार्य चलिराखेको र मन्दिरको महान पुनःनिर्माण कार्य सुरु गरिएको प्रति खुशी व्यक्त गरेका थिए ।

मन्दिरका संस्थापक, पण्डित पुण्यप्रसाद बरालले मन्दिरको इतिहास तथा शिवजीको महिमाका बारेमा बताए भने शितलचौतारी टोल विकास संस्थाका अध्यक्ष हरी लम्साल, प्राकृतिक सम्पदा सरोकार समितिका अध्यक्ष ऋतुनाथ लम्साल, जुनतारा आमा समुहकी अध्यक्ष शान्ति भारती, समाजसेबी आमा समुहकी अध्यक्ष गंगा सुवेदी, पत्रकार कृष्ण रानाभाटले मन्दिरको प्रगति तथा सिघ्र निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्दिरका सचिव गणेश जिसिका अनुसार विश्वशान्ति स्तुपा जाने सबै भन्दा नजिकको बाटोमा नै मन्दिर पर्ने भएकोले बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुको केन्द्र बिन्दु पर्ने साथै हरेक बिहान मर्निङ वाक र मन्दिर दर्शन एकै साथ हुने बताए । मन्दिरको कोषमा भएको रकमले निर्माण कार्य थालिने र दान, भेटी तथा चन्दा संकलन गर्नुका साथै गुप्तेश्वर महादेव गुफा, वडा कार्यालय, नगरपालिका तथा सम्बन्धित कार्यालयसंग समन्वयन गरीे मन्दिर सम्पन्न गरिने अध्यक्ष धर्मराज अर्यालले बताए । उनले यस पुण्य कार्यको लागि सबैसंग सहयोग संकलन गर्न प्रचार-प्रसार, निर्माण, स्वागत तथा सम्मान, आर्थिक संकलन, महिला परिचालन, अभिलेखिकरण गरी उप–समितिहरु निर्माण गरीएको बताए । मन्दिर निर्माण कार्यमा सहयोग गर्नुहुने दानविरहरुलाई समुदघाटन कार्यक्रममा सम्मान गरीने पनि जानकारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button