पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी घाइते

फोर्स ल्यान्डिङ गरेर रुखमा अड्काउदा मानवीय क्षती हुनबाट बच्यो

पोखरा न्यूज – १४, चैत । पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना हुदा एक विदेशी पर्यटक घाइते भएकीछन्। टेण्डम फ्लाइटको क्रममा महेन्द्र नेपालीले उडान गरेको प्याराग्लाइडिङ रुखमा अड्कन पुग्दा चाइनिज नागरिक करिब ४० बर्षीया ताङ फुरोङ (TANG FURONG ) घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका १८ स्थित सराङ्कोट गोठादि क्षेत्रमा हिमालयन फ्रन्टीएर कम्पनिका टेण्डम पाइलट नेपालीले उडान गरेको प्याराग्लाइडिङ रुखमा अड्कन पुग्दा रुखका हागाले कोतारेर विदेशी पर्यटक घाइते हुन पुगेकी हुन्। पाइलट सहित विदेशी नागरिकको स्थानिय र प्रहरीले  उद्धार गरेको हवाई खेलकुद संस्था ना का प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले पोखरा न्युजलाई  बताए । पोखराको मेट्रोसिटी अस्पताल उनको उपचार पश्चात हाल डिस्चार्ज भएको बताइन्छ ।

विहिबार करिब ११ः४५ बजे आकासमा सानो भुमरीमा पर्दा पाइलट महेन्द्र नेपालीले सुरक्षित अवतरणको लागि रुखमा लगेर फोर्स ल्यान्डिङ गरेको नेपाल प्याराग्लाइडिङ ह्याण्ड ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताए । ग्लाइडर कोल्याप्स हुदा समयमै सुरक्षित उडान हुन नसके कुनै भिर पाखा वा जमिनमा बजारीन सक्ने उच्च जोखिम हुने उनले बताए ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफ्नो अधिकांश अधिकार बुधबार देखि ना लाई प्रत्यायोजन गरेको थियो । अव देखी यस्ता प्रकृतिका घटनाहरु समेत नाले हेर्ने भएको छ । जुन घटनाको प्रतिवेदन भने क्यानमा पेश गर्नुपर्ने छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. प्याराग्लाइडिङ आफैमा उच्च शहासिक खेल हो । सामान्य फोर्स ल्याण्डीङ गर्न पर्छ । कुनै नौलो ठूलो कूरो होईन । यस्ता कूरा दीनहू खोज्दै मीडीयिमा ल्याऊदा पर्यटनमा नकरात्मक पर्भाव पर्यो । कहीले सम्म नकरात्मक पत्रकारीता गर्नू हून्च?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button