अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता पर्यटकको उद्धार

पोखरा न्यूज – १०, वैशाख । अन्नपूर्ण हिमाल आरोहणका क्रममा  बेपत्ता विदेशी पर्यटकलाई आज उद्धार गरिएको छ ।

अन्नपूर्ण–१ सफल आरोहण गरेर फर्कने क्रममा हिजो (बुधबार) मलेसियन नागरिक वि किन चिन बेपत्ता भएका थिए  । उनलाई उद्धार गरिएको र भोलि पोखरा ल्याइने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए ।

सिम्रिक एयरको हेलिकोप्टरबाट पुगेको टोलीले उद्धार गरेको र यस विषयमा थप जानकारी अहिले आउन नसकेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button