पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

पोखरा न्यूज – २५, बैशाख । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।

पोखराका दुई छुट्टाछुट्टै स्थान शिशुवा र त्रित्याङ चोकमा बुधबार चितुवाले आक्रमण गर्दा दुईजना घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

आक्रमणमा परि धरानका ४५ बर्षिय टिका बहादुर लिम्बु  र पोखरा-३० की  ५७ बर्षिया  राधिका आचार्य घाइते भएको प्रवक्ता  पुरीले  जनाए ।

 घाइते दुवै जनालाई उपचारको लागि लेखनाथ सिटि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

अद्यावधिक गरिएको ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button