सहकारी पर्यटनमा जोड दिन नेफ्सकुन सदस्य गुरुङको आग्रह

दीननाथ बराल, पोखरा न्यूज – २५, जेठ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) का संचालक सदस्य भीम गुरुङले सहकारी पर्यटनमा जोड दिन सहकारीकर्मीलाई आग्रह गरेका छन् ।

पोखराको शुभम बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पर्यटकीय गाउँ कास्कीको कालावाङ घरेडीमा भएको दुई दिने तालिममा सहजीकरण गर्दै संचालक सदस्य गुरुङले धेरै मानिसहरुले हेर्न लायक सहकारी बनाउन सुझाव दिदै सहकारीकर्मीलाई सहकारी पर्यटनलाई जोड्न आग्रह गरेका हुन्।

पछिल्लो समयमा एक सहकारीले अर्को सहकारीको कार्यप्रगती हेर्न थालेकोले अन्य सहकारीहरु भन्दा फरक ढंगबाट उत्पादनशिल क्षेत्रमा लगानी गरी सहकारीको निति नियममा रहेर सबैले हेर्न लायक सहकारी बताउन उनले सहकारीकर्मीलाई जोड दिएका हुन्।

कुनै पनि सहकारीले पहिला समस्या पहिचान गरी त्यसको समाधानको लागि लाग्नु पर्ने बताउदै सदस्य गुरुङले एकै प्रकृतिको सहकारीमा दोहोरो सदस्यमा नबस्न आग्रह गरे । सदस्य गुरुङ र जिल्ला बचत संघ कास्कीका लेखा संयोजक रुद्रनाथ पौडेलले शुक्रबार र शनिबार सहकारीका शेयर सदस्यहरुलाई सहजीकरण गरेका थिए ।

तालिममा सहभागिहरु पोखराको कालावाङ घरेडी सामुदायिक होमस्टेमा शुक्रबार दिउसो पुगेका थिए भने उनीहरुलाई होमस्टेका प्रतिनिधिहरुले फुलमालाले स्वागत गरेका थिए । शुक्रबार साँझ होमस्टेमा सांस्कृतिक कार्यक्रम समेत आयोजना भएको सहकारीका सचिव तोयानाथ आचार्यले बताए । चिनु गुरुङको संयोजकत्वमा सहकारीका अध्यक्ष बिष्णुहरी न्यौपानेको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।

पोखरा देखि नजिकमा रहेको उक्त होमस्टे आफुहरुको लागि निकै अविस्मणिय रहेको सहकारीका सचिव तोयानाथ आचार्यले बताए । विभिन्न यस्ता संघ संस्थाहको कार्यक्रम होमस्टेमा हुदा आफुहरुलाई थप हौसला मिलेको होमस्टेका अध्यक्ष प्रकाश गुरुङले विश्वास लिएका छन्। सहकारीमा ३ हजार जना शेयर सदस्य रहेको अध्यक्ष न्यौपानेले बताए । सहकारीको शेयर पूंजि करिब ७ करोड रहेको छ भने कर्जा लगानी करिब १६ करोड ८० लाख रहेको सहकारीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button