पोखरामा पानी ट्यांकीमा डुवेर ४ बर्षीय बालकको मृत्यु

पोखरा न्यूज – २९, जेठ l पोखरामा बुधवार पानी ट्यांकीमा डुवेर एक बालकको मृत्यु भएको छ l

स्याङ्गजा घर भइ पोखरा मासबार स्थित मामाघरमा बस्दै आएका ४ बर्षीय बालक श्रीकृष्ण कोइरालाको पानी ट्यांकीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ l

छिमेकीको निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेका बालक कोइरालालाई उपचारको लागी पोखराको मेट्रोसिटी हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुबेदीले जानकारी दिए l

बालक बुधवार साझ आफ्ना साथीहरुसंग खेल्ने क्रममा  पानी ट्यांकीमा खसेका थिए l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button