पोखराबाट दमौली तर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना, ८ जना घाइते

पोखरा न्यूज – ३१, जेठ । पोखराबाट दमौली तर्फ जाँदै गरेको माइक्रोबस तनहुँको छबिसेमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गतको तनहुँको म्याग्दे गाउँपालिका – ४ छबिसेमा बा २ ख १८९१ नम्बरको हाईस माइक्रोबस  अनियन्त्रीत भइ सडकबाट अन्दाजी १२ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हाईस  दुर्घटनामा परि कास्की अन्नपुर्ण गाउँपालिका – ९ की ३३ बर्षिया सम्झना पुन मगर, पोखरा – ९ का २९ बर्षीय नबिन भुजेल, पोखरा – २४ का २३ बर्षीय सुशान सुबेदी, तनहुँ देबघाट गाउँपालिका – २ का ४० बर्षीय बिजय थापा र ४६ बर्षीय छबिलाल थापा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रहरी उपरीक्षक भट्टका अनुसार दुर्घटनामा परि घाइते हुने अन्यमा नवलपरासी बुलिङटार गाउँपालिका – ५ का २६ बर्षीय कृष्ण बहादुर राना तथा ५९ बर्षीय हर्क बहादुर थापा र ३६ बर्षीय भारतीय नागरिक जितेन्द्र पाण्डे रहेका छन् । घाइतेहरुलाई उपचारको लागि  दमौली अस्पताल  पठाइएको प्रहरी उपरीक्षक भट्टले उल्लेख गरे ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button