पर्यटन प्रबर्द्धन गर्न गण्डकी प्रदेशका होम स्टे पोखरामा

दीननाथ बराल, पोखरा न्यूज – ३१, जेठ l गण्डकी प्रदेशमा रहेका घरवास कार्यक्रम (होमस्टे) को पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले शुक्रबार देखि पोखरामा ग्रामीण पर्यटन मार्ट शुुरु भएको छ । नेपाल पर्यटन बोर्डकोको आयोजना, ग्रामीण पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको समन्वयमा पोखराको माउण्ट कैशास रिसोर्टमा दुई दिने उक्त कार्यक्रम शुरु भएको हो ।

गण्डकी प्रदेशका ११ जिल्लाका हिमालदेखि तराइसम्मका होमस्टेहरुको सहभागिता रहेको छ । प्रदेशमा हालसम्म २ सय ७३ वटा होमस्टेहरु सुचिकृत भए पनि उक्त मार्टमा करिब ३५ वटा होमस्टे पनि सहभागि भएका छैनन्। सहभागि केही होमस्टेले आफ्नो गाँउ ठाँउको परिवेश सहितको कला संस्कृतिक झल्कने बिषय बस्तु प्रर्दशन गरेका छन भने अधिकाशं होमस्टेले आफ्नो गाउँको बारेमा समेटिएको ब्रोसर वितरण गरेका छन्। स्याङजाको सिरुवारी देखि सार्क मै उत्कृष्ट घोषित लमजुङको घले गाँउ होमस्टेको समेत सहभागिता रहेको छ ।

शनिबारसम्म चल्ने उक्त मार्टमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्दै ग्रामिण पर्यटनको लागि होमस्टे आवश्यक भएको बताए । उनले राम्रो गर्ने र बृहत पर्यटनको विकासमा लाग्ने होमस्टेलाई थप रकम विनियोजन गनिरे भएको जनाए । उनले भने “गाउँमा होमस्टेको विकास गर्दै रोजगारीको सृजना गर्नु पर्छ, यसले दिगो पर्या पर्यटनमा थप टेवा पुग्छ । ” प्रदेश सांसद राजिव पहारीले होमस्टे मार्फत गाउँको विकास गर्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले पर्यटकलाई आकर्षण गर्न ग्रामिण भेगमा पाइने विभिन्न कला, कला संस्कृति र प्राकृतिक स्रोतलाई जोगाइ राख्नु पर्नेमा जोड दिए । गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) का केन्द्रीय अध्यक्ष ध्रुब सिंखडाले नेपालमा होमस्टेको धेरै सम्भावना रहेको जनाए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवि पोखरेलले होमस्टेका माध्यमबाट पर्यटकको बसाई लम्व्याउन सकिने बताए । भिटोफ गण्डकीका अध्यक्ष रविन्द्रराज पौडेलले गण्डकी प्रदेशमा होमस्टे प्रतिको आकर्षण बढ्दै गएको दाबी गरे ।

यसैबिच, ग्रामीण पर्यटन मार्टका अवसरमा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता बासुदेव पौडेल र कान्तिपुर टेलिभिजनका सम्वाददाता भुपाल गुरुङलाई सम्मान गरिएको छ । गाउँ पर्यटकको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै भिटोफ गण्डकी प्रदेशले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारीता पुरस्कार २०७६ वाट सम्मान गरेको हो । जनही घार हजार एक सय ११ रुपैया नगद सहित कदरपत्र र दोसल्लाबाट उनीहरुलाई सम्मान गरिएको हो । त्यस्तै, ताङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष पसमाया गुरुङ र पिप्लेक देउराली होमस्टेका अध्यक्ष महेश गुरुङलाई पनि लिडरसिप अवार्डवाट सम्मान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button