पोखरा रंगशालामा ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेशको व्यवस्था हुन्छ : राखेप सदस्य गुरुङ

दीननाथ बराल , पोखरा न्यूज – ०७, असार ।  राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश कुमार गुरुङले पोखरा रंगशाला भित्र ज्येष्ठ नागरिकलाई प्रवेशका लागि फ्रि पासको व्यवस्था गर्ने बताएका छन्  ।

राम बजार ज्येष्ठ नागरिक मिलन केन्द्रले शनिबार पोखरामा राखेप सदस्य गुरुङको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले रंगशालामा प्रवेशका लागि शशुल्क कार्डको  व्यवस्था हुन् लागेको तर्फ संकेत गर्दै रंगशाला भित्र ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गर्ने बताएका  हुन् ।

मिलन केन्द्रको कार्यालयमा ज्येष्ठ नागरिकलाई पिउनका लागि तातो पानी र चिसो पानीको आफूनो तर्फ बाट सहयोग गर्ने  प्रतिबद्धता समेत व्यक्त गर्दै गुरुङले मनकामना दर्शनका लागि समेत निशुल्क टिकट उपलब्ध गराउने उद्घोष गरे ।

उनले भने “ समाजमा हुने युवा वर्गलाई खेलकुदमा, ज्येष्ठ नागरिकलाइ स्वस्थ राख्न दैनिक योगामा सहभागि गराउनु पर्छ, ज्येष्ठ नागरिकलाई दिनभरी भुल्नको लागि सुविधा सम्पन्न ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्नु पर्छ । ” राखेप सदस्य गुरुङले आफूले जहिले पनि खेलकुदको शिर  माथी उठाउन र खेलाडीको हितमा भूमिका खेलेको कारणले नै दोश्रो सदस्यमा नियुक्त  भएको जनाए ।

 मिलन केन्द्रका तर्फ बाट १ सय वर्षिय ज्येष्ठ नागरिक कूल बहादुर गुरुङ र ८७ वर्षिया श्रीमाया गुरुङ लगायतले फूल माला र खादाले राखेप सदस्य गुरुङलाई सम्मान गरेका थिए ।

कार्यक्रममा राम बजार सोसाइटी, यूकेका प्रतिनिधी भूपेन्द्र कुँवर, राम मन्दिर माछापुच्छ्रे महिला समुहकी माया गुरुङ भूजेल, कालिका मन्दिर संचालक समितीका अध्यक्ष मनबीर गुरुङ, राम मन्दिर संचालक समितीका जीबन श्रेष्ठ, कृष्ण मन्दिर आमा समुहकी अम्विका राजभण्डारी, कालिका मन्दिर परिसर महिला समुहकी माया केसी, कृष्ण मन्दिर संचालक समितीका संरक्षक गणेश कुमार प्रधान र राम बजार यूथ क्लबका धन बहादुर पुन लगायत अन्य संघ संस्था र ज्येष्ठ नागरिकहरुले राखेप सदस्य गुरुङलाई सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष क्या. थमान सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेख माया पुन, माया गुरुङ भूजेल लगाएतले बोलेका थिए ।  रामबजार क्षेत्रमा करिब १ सय ३४ जना ज्येष्ठ नागरिकहरु रहेको सुव्दार मेजर प्रेम बहादुर गुरुङले बताए । राम बजारमा रहेको केन्द्र अपाङ मैत्रि समेत रहेको उनले जनाए । पूर्व वडा अध्यक्ष मनविर गुरुङ(ढाँसा) ले आफ्नो पुराना खेलाडीहरु समेत केन्द्रमा भेटघाट हुने गरेको जनाए । केन्द्रमा अन्य सेवा सुविधा भएमा आफुहरुलाई विगतका कुराकानी गर्दै र स्मरण गर्देैै दिनचर्या बिताउन सहज हुने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button