पोखराका विभिन्न ३ स्थानमा शंकास्पद बस्तु फेला

पोखरा न्यूज – १०, असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आज (मंगलबार) आव्हान गरेको नेपाल बन्दको क्रममा पोखराका बिभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् ।

मंगलबार पोखराको तालचोक नजिक, पार्दी बिरौटा चोक र चाउथे नजिकको सडकमा शंकास्पद बस्तु भेटिएका हुन् ।

सोमबार साझबाट पोखराका बिभिन्न स्थानमा शंकास्पद बस्तु देखिएपछि ति बस्तुलाई डिस्पोजल टोलीबाट डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

बिभिन्न स्थानमा शंकास्पद बस्तु देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले शंकास्पद बस्तु देखिएको क्षेत्रलाई सुरक्षा घेरामा राखेर वरपर जान रोक लगाएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गर्दैछ ।

यसअघी सोमबार साँझ करिब ५ः३० बजेको समयमा पोखराको सिद्धार्थचोक/चिप्लेढुंगा स्थित श्री कम्प्लेक्स कृषि बजारको सडकमै शंकास्पद बस्तु देखिए पछि नेपाली सेनाको डिस्पोजल टोलीले साँझ करिब सभा ७ बजे नै शंकास्पद बस्तु डिस्पोज गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button