तनहुँमा ट्रक दुर्घटना: २ गम्भीर घाइते

पोखरा न्यूज – १६, असार । नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ ।

दुर्घटनामा परी व्यास नगरपालिका–१२ निवासी १७ वर्षीय अर्जुन थापा र सोही ट्रकका सहचालक प्यूठान जिल्ला शर्मारानी गाउँपालिका–३ निवासी २० वर्षीय मुमबहादुर थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पैदलयात्री व्यासनगरपालिका–१२ घाँसीकुवा निवासी अर्जुन थापालाई ट्रकले एक्कासि ठक्कर दिएपछि अनियन्त्रित भई पृथ्वी राजमार्ग सडकबाट करीब २५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button