पोखरा विजयपुरमा आजदेखी बेलीब्रिज पुल संचालनमा आउने

दीननाथ बराल, पोखरा न्यूज – १०, साउन । पोखराको विजयपुर खोलामा ढिलै भए पनि अन्ततः आज शनिबारदेखि नयाँ संरचनामा निर्माण भएको बेलीब्रिज (पुल) संचालनमा आउने भएको छ । डाइभर्सन पुल को विकल्पमा प्ररिक्षण गरी शनिबार दिउसोदेखि बेलीब्रिज संचालनमा आउने भएको सडक डिभिजन कार्यालय पोखराका सडक डिभिजन प्रमुख हरि पोख्रेलले बताए ।

शुक्रबार रात साझ गरी उक्त पुलको नट बोल्ट कस्ने काम सकिए पछि केही सवारी साधनहरुको सफल परिक्षण पश्चात शनिबार देखि पूर्णरुपमा पुल संचालन गर्ने भएको प्रमुख पोख्रेलले जनाए । उक्त पुलको पुर्व पश्चिम क्षेत्रमा हाल ग्रावेलिङ गरी सवारी साधन संचालन भएको करिब ४/५ दिन पछि उक्त पुललाई सहयोग पुराउने उद्धेश्यले पिच गर्ने भएको उनले बताए । बेलीबृज पुलको पुर्व तथा पश्चिम तर्फ लामो तथा हेवी सवारी साधनहरुको लागि करिब १०/१० मिटर जमिन कटान गरिएको छ ।

करिब ४/५ बर्षको अस्थायी पुलको रुपमा रहेको उक्त पुलमा हाल ३५ टन क्षमता भन्दा माथिको भारवान कुनै पनि मालसामान ओसार पोसार गर्न नहुने प्रमुख पोख्रेलले जनाए । उनले भने “ बेलीब्रिज अस्थायी पुल नै हो, यसको विकल्पमा अर्काे पुल आवश्यक नै हुन्छ, यो पुलको भारवान क्षेमता ३५ टन मात्र हो, ३५ टन भन्दा बढी भारवान क्षमताका सवारी साधनलाई पुलमा प्रतिवन्ध गरिन्छ । ”

पोखरामा ८४ टन भारवान क्षमतका सवारी साधनहरु समेत संचालन हुने गरेको बताउदै प्रमुख पोख्रेलले एकै पटकमा धेरै भारवान क्षमताका गाडीहरु पुलमा भएको अवस्थामा पुलमा जोखिम बढ्न सक्ने दाबी गरे । पोखरातर्फ आउने अधिकाशं टायल, सिमेन्ट, हाइड्रोपावरका सामान बोक्ने मालवाहक सवारी साधनहरुको अनिवार्य रुपमा धर्मकाटामा भारवान क्षमताको मापन हुनु पर्ने उनले बताए ।

गत आइतबार डाइभर्सन (पुल) पुनः निर्माण गरेको केही घण्टामै सोमबार विहानै डाइभर्सनको ग्रावेलिङको धेरै भाग बगायर गाडी संचालन हुन नसक्ने अवस्थामा पुगे पछि हाल उक्त डाइभर्सनमा खर्च गर्नु भन्दा आफुहरु बेलीब्रिज निर्माणमा ध्यान केन्द्रित भएको सडक डिभिजन कार्यालय पोखराका सव-इन्जिनियर किरण सुवेदीले बताए ।

केही दिन अघि विजयपुरको खोलामा अस्थायी रुपमा पुनः निर्माण गरेको डाइभर्सन पुल पानीको वहावले बगाए पछि १० टन भारवान क्षेमतका सवारी साधनहरु पोखराको मुख्य प्रवेशद्धारा मानिने विजयपुर खोलाबाट केही दिन देखि वारपार हुन पाएका छैनन् । विजयपुरको मोटरेबल पुल करिब एक दशक अघि निर्माण भए पनि पुलको केही भाग चर्कन गएकोले हाल पुलमा १० टन भारवान क्षमताका गाडीहरु संचालनमा रोक लगाउदै आएको छ । अपडेट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button