काठमाडौँ जाँदै गरेको टाटोसुमो दुर्घटना: २ को मृत्यु, ७ घाइते

पोखरा न्यूज – ११, साउन । रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् ।मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ आउँदै गर्दा पहिरोसँगै आएको ठूलो ढुङ्गाले लागी दुर्घटना भएको हो ।

सात घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन भएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए । टाटासुमोमा सवार १० मध्ये चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button