जङ्गली हात्ती मृत फेला

पोखरा न्यूज- १५ , साउन । महोत्तरीको वनक्षेत्रमा आज जङ्गली हात्ती मृत फेला परेको छ । गौशाला नगरपालिकाको लक्ष्मीनियाँमा पर्ने सागरनाथ वन विकास परियोजनाको प्लट नं १४ ‘बी’मा भाले हात्ती मृत फेला परेको हो ।

पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ चोकबाट दक्षिणतर्फ जाने लक्ष्मीनियाँ-भरतपुर-सुन्दरपुर सडकको ढोलन खोला पुल नजिकैको वनमा मृत फेला परेको हात्तीलाई आइतबार मात्र पर्सा राष्ट्रिय निकुञ्जले सर्लाहीको श्रीनगर वन क्षेत्रमा उसको गतिविधि थाहा पाउन जिपिएस रेडियो कलर जडान गरेका थिए । आज घाँस दाउरा लिन वन पसेकाहरुले हात्ती मरेको सूचना दिएका थिए ।

डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख हेमन्तप्रकाश साहका अनुसार स्थानीयवासीले जङ्गली हात्तीले बालीनाली नोक्सान गर्दै आएको गुनासो गर्दै आएका थिए । मृत्युबारे अनुसन्धान भइरहेको र धार्मिक विधिसहित हात्तीको अन्त्येष्टि गरिने साहले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button