पोखरामा कालो प्लेट प्रयोग गर्ने स्कुल बस प्रहरी नियन्त्रणमा

पोखरा न्यूज – २२, साउन । सार्वजनिक नम्बर प्लेट प्रयोग गरि विद्यार्थी बोक्न प्रयोग भएका बसलाई पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ ।  नीजि विद्यालयबाट पोखरामा नियम विपरित सञ्चालित ५ वटा बसलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बस सञ्चालन निर्देशिका विपरित सञ्चालन भएका नीजि विद्यालयका विद्यार्थी बोक्न प्रयोग भएका बसलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता जितजंग कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार पिस जोन एकेडेमीको ‘ग १ क, ६४२’, जुनियर सिटिजन्स एकेडेमीको ‘ना ८ ख, ३६०४’, मेट्रोपोलिटन एकेडेमीको ‘ग १ ख, २७६१’, एल.ए. सेकेन्डरी स्कुलको ‘ग १ ख, २४८८’ र होलि एन्जल सेकेन्डरी स्कुलको ‘ध १ ख, २४६’ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ५ सवारी मध्ये ४ वटा कालो प्लेटका रहेका छन् । जसमध्ये ३ वटा पहेलो कलरमा स्कुलकै प्रयोजनका लागि सञ्चालनमा ल्याइएको पाइएको छ भने मेट्रोपोलिटन एकेडेमीको सवारीले यात्रु बोक्ने र विद्यार्थी ओसार्ने दुबै काम गर्दै आएको पाइएको छ ।

नियन्त्रणमा लिइएका बसमध्ये पिस जोन एकेडेमीको नम्बर रातो प्लेटको रहेको छ । उक्त स्कुलले सवारी कर नतिरेको हुनाले नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका बसलाई कारबाहीका लागि यातायात कार्यालय कास्कीमा पठाउँने उनले जनाए ।  नियन्त्रणमा लिइएका सवारी साधनलाई नियमअनुसार ५ हजार वा सो भन्दा बढी जरिवाना लगाइने व्यवस्था छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button