दीननाथ बराल, पोखरा न्यूज – २७, भदौ। पोखरामा मेरो घर नामक संस्थाले आफ्नो साखा बिस्तार गरेको छ । विगत ३ बर्ष भन्दा बढी समय देखि काठमाण्ठौमा विभिन्न डिजाइनका घरको नक्सा, डिजाइन देखि घर तथा भवनहरु बनाउदै आएको मेरो घरले हालै शाखा कार्यालय स्थापना गरेको हो ।
काठमाण्डौंमा बार्षिक करिब १ सयको हाराहारीमा घरहरु बनाउदै आएको उक्त संस्थाले अब पोखरामा पनि पोखराको सौन्दर्यतालाई कायम राख्दै वातावरणमैत्रि, प्रविधिक हिसावले मजबुद घर ३० बर्षसम्मको ग्यारेन्टि दिएर निर्माण गरिदिने पोखरा शाखाका प्रमुख बासुदेव भट्टराईले बताए । उनले मेरो घरले पोखरामा थोरै जग्गा( न्यूनतम साँढे दुई आना ) मा पनि आकर्षक घर बनाइदीन सक्ने बताए ।
काठमाण्डौमा हालसम्म करिब २ सय घर तथा भवनहरुको निर्माण कार्य सम्पन्न गरी चावी समेत हस्तान्तरण गरिएको बताउदै भट्टराईले पोखरामा शाखा स्थापनाको दुई महिनामै दुई वटा घर निर्माण र ४ वटा घरको डिजाइनको जिम्मा आएको जनाए । काठमाण्डौमा हाल एक सय घर तथा विभिन्न व्यपारीक भवनहरु निर्माणको क्रममा रहेको जनाएदै पोखरा शाखा प्रमुख भट्टराईले नेपालभर आफुहरुको सेवा विस्तारको क्रममा पोखरा आएको प्रष्ट पारे ।
उनले भने “ पोखरामा हाल अस्तव्यस्त ढंगले घर तथा भवनहरु निर्माण हुदै गरेकाछन्, पोखराको सौन्दर्यतालाई कायमै राख्दै, कम जग्गामा पनि आर्किटेक डिजाइनमा, आरामदायी कोठा, हिमश्रृखला अथवा प्राकृतिक दृश्यावलोकन गर्न मिल्ने प्रकृतिका घर बनाउने लक्ष्यका साथ हामी पोखरा आएका हौं । ”
स्थानिय तहले दिएको मापदण्डका आधारमा घर तथा भवनहरु स्थानिय श्रोत साधनलाई समेत अधिक रुपमा प्रयोग गर्ने गरी मेरो घरले घर बनाउने भट्टराइले बताए । मेरो घरसंग आर्किटेक, दक्ष कामदार तथा श्रमिकहरु रहेको उनले जनाए । एक तले घर बनाउदा करिब २० लाखसम्म खर्च लाग्ने बताएका प्रमुख भट्टराईले आवश्यक पर्ने अबस्थामा माटो समेत परिक्षण गर्ने गरेको जनाए ।
सामान्यतया एउटा घर बनाउदा मेरो घरले ८ महिना देखि एक बर्ष अवधि भित्र घर सम्पन्न गरी चाबी हस्तान्तरण गर्ने गरेको छ । घर सम्पन्न भएको दुई बर्ष सम्म सर्भिसिङ फ्रि र ३० बर्षसम्म उक्त घरको ग्यारेन्टि लिने प्रमुख भट्टराईले बताए । पोखराको शान्तिनगरमा मेरो घरको कार्यलयबाट सेवा दिन सुरु गरेको संस्थाले बास्तु अनुसार, हल्का र बलियो हुने एसीसी ब्लक प्रयोग गरी घर बनाउने गरेको उनले जनाए ।
पानीको सिपेजहरुलाई कसरी नियन्त्रण गर्ने, घर निर्माण भए पछि जोइन्टहरुमा प्रायः केही घरमा क्र्याक देखिने हुदा आफुहरुले पहिले नै योजनाबद्ध परिक्षण गरेर निर्माण गर्ने प्रमुख भट्टराईले बताए । मेरो घरले शुन्य प्रतिशतमा बैंकिङ फाइनान्सको सुविधा समेत प्रदान गर्ने भट्टराईले जनाए । एन.एम.बी.बैंक मेरो घरको बैंकिङ पाटनरको रुपमा रहेको र हाल करिब १०.५ प्रतिशत ब्याजमा घर तथा भवन निर्माणमा लगानी हुने उनले जनाए । दशैँ तिहारको अवसरमा कम्पनीले ५ लाख बराबरको मोडुलर किचन निःशुल्क बनाउने भएको छ ।
चितवनमा पनि यसको छिट्टै शाखा विस्तार गर्ने लक्ष्य राखिएको मेरो घर पोखराका निर्देशक दयाराम भण्डारीले बताए । घर निर्माण भनेको लगानीको परियोजना मात्र नभइ, सुन्दर सपनाको परियोजना समेत भएको जनाउदै उनले लगानी गरेर मात्रै पनि सुन्दर घर निर्माण गर्न नसकिने दाबी गरे । निर्देशक भण्डारीले भने “हामीले विना झण्झट, ढिलासुस्ती हरेक समस्याको समाधान गरी आम जनताले चाहे अनुसारको सुन्दर सपनाको घर बनाउने जिम्मा लिन्छौ । ”
मेरो घरले ३५ बर्षको भुकम्प प्रतिरोधात्मकको ग्यारेन्टि, १० बर्षको लागि रंगरोगन तथा प्लम्बिङ, २ बर्ष मर्मत गर्न नपर्ने अथवा आवश्यक परेमा निःशुल्क मर्मत गराउने, ५ बर्षको लागि आववश्यक सहयोग गर्ने भएको भण्डारीले जनाए ।
How to contact
Thank u so much for contacting us. We will get back to you promptly. Mean while if u have any queries call directly to our office. @ 061-528487, 9840856113, 9802838764 or Give us yours contact details we will get back you. Thank you.
I am going to make house plz informe me about your contact.
Thank u so much for contacting us. We will get back to you promptly. Mean while if u havr any queries call directly to our office. @ 061-528487, 9840856113, 9802838764 or Give us yours contact details we will get back you. Thank you.
Am planning for house. I want to know more about mero ghar
Ma banauna chahanxu 9846947876