पोखरामा भोलिदेखि टेनिस च्याम्पियनसिप

दीननाथ बराल, पोखरा ३, असोज । एनआइसी एशिया बैंक नेपाल आइटिएफ सिनियर वर्ल्ड र्याङकिङ फोजी टेनिस च्याम्पियनशिप शनिबारदेखि पोखरामा हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा यही असोज ९ गतेसम्म प्रतियोगिता पोखरा रंगशालामा हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा तीन वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा टेनिसका खेलाडी कमल थापा सहितका ५२ जना सहभागि हुने भएको संघका कास्कीका अध्यक्ष दोर्जे लामाले बताए । प्रतियोगितामा ३५ बर्ष उमेर समुहका १०, ४५ बर्ष उमेर समुहका २२ र ५५ बर्ष उमेर समुहका २० गरी ५२ जना खेलाडीहरु सहभागी हुने अध्यक्ष लामाले बताए । प्रतियोगितामा भारतका ५ जना खेलाडीहरु पनि सहभागी हुने भएका छन्।

प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख खर्च लाग्ने भएको अर्थ समिति संयोजक निरज बाँस्तोलाले बताए । प्रतियोगितालाई सफल पार्न यस बर्ष पनि एनआइसी एशिया बैंकले मुख्य प्रायोजन गरेको उनले जनाए । संघका सल्लाहकार सुर्य बहादुर भुजेलले पोखरामा सिनियर स्तरको टेनिस प्रतियोगिता गर्नुपर्ने बताए । उक्त प्रतियोगिता सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने उनले जनाए ।

प्रतियोगिता निर्देशक अजय विष्टले पोखरामा सिनियर स्तरको महिला तथा पुरुष प्रतियोगिता गर्दा १५-१५ हजार अमेरिकन डलर पुरस्कार राषिमा खर्च हुने भएको बताए । प्रतियोगिता सफल पार्न प्रिती बरालको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको संघका सचिव नविन चालिसेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button