चीनले सार्वजनिक गर्यो ५ सय मेगापिक्सलको सुपर क्यामेरा

सुब्रत ढकाल, पोखरा न्यूज – १० , असोज । चिनियाँ वैज्ञानिकहरुले मानव आँखाभन्दा चार गुणा शक्तिशाली क्षमताको सुपर क्यामेरा सार्वजनिक गरेको छ ।

दशौँ हजारौंको भीडमा समेत आफुले चाहेको अनुहार पहिचान गर्न सक्ने यस क्यामेरालाई रंगशाला र व्यस्त सडकहरुमा प्रयोग गर्न सकिनेछ । सुपर क्यामेरा नाम दिइएको उक्त क्यामेरालाई वैज्ञानिकहरुले चीनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा सार्वजनिक गरेका थिए ।

चीनले हाल २ अर्ब सिसिटिभीबाट आफ्ना नागरिकलाई निगरानी गर्ने गर्छ । यस सुपर क्यामेरालाई प्रयोगमा ल्याएसँगै चीनले ठुला भीडहरुलाई समेत केही सेकेन्ड मै स्क्यान गरेर आफुले चाहेको अनुहारलाई सहजै फेला पार्न सक्नेछ ।

चीनले पछिल्ला केही वर्ष देखि सामाजिक क्रेडिट प्रणाली विकास गर्दैछ जसबाट नागरिकको जीवन शैली हेरेर उनीहरुलाई अङ्क प्रदान गर्ने गरिन्छ । नागरिकको च्यारिटीमा सहयोग, अभिभावकीय दायित्ववहन लगायतका गतिविधिलाई अवलोकन गरेर त्यस्तो अङ्क प्रदान गरिन्छ ।

सोही अङ्कको आधारमा चीनले नागरिकलाई राम्रा र ठुला विद्यालय र विश्वविद्यालयको छनोट, यात्रामा बन्देज वा फुकुवा लगायतका सुविधा दिने गर्छ । यस्तो प्रत्यक्ष निगरानीले नागरिक स्वतन्त्रताको भने हनन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button